साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इबोला तिमी कहाँ छौ ?

Nepal Telecom ad

इबोला भन्ने वित्तिकै तपाईले पक्कै पनि सुनेकै शव्द हुनु पर्छ । पछिल्लो समयमा सञ्चारमाध्यमहरूले विशेष महत्वका साथ प्रशासरण गरिरहेको शव्द हो । इबोला संक्रमित व्यक्तिबाट तुरुन्त अर्को व्यक्तिमा सर्न सक्ने प्राणघातक रोग हो इबोला सन् १९७६ मा कंगो भन्ने देशको इबोला नदी किनारमा यसको उत्पत्ति भएको मानिन्छ । फलपूmल खाने चमेरोबाट यस रोगको जन्म भएको मानिन्छ । त्यस समयमा करिव ३ सयको हाराहारीमा इबोला आसपासमा वसोवास गर्ने मानिसहरूलाई यस पृथ्वीबाट मुक्ति दिएका थिए । पुनः यो रोग देखा प¥यो र करीव २ हजार भन्दा माथिको संख्यामा मानिसहरूलाई ईश्वरमा लीन गराइसकेको छ । चिकित्सक क्षेत्रलाई चुनौती दिदै फैलिएको इबोला कहाँ गएर टुङ्गिने हो थाहा छैन ।

विश्वभर आफ्प्नो क्षेत्र विस्तार गरेर संसारलाई नै आप्फनो कब्जामा लिनु पर्नेमा के तिमी अफ्रिकाको केही मुलुकमा मात्र सिमित भएर बस्छौ त ? के नेपालमा तिमीलाई आउन मन छैन ? तिमीलाई सिध्याउन विश्वका चिकित्सकहरू अहोरात्र खटिएका छन् । तिमीलाई सखाप पार्ने किसिमको औषधी पत्ता लगाउन कहिले बादरमा परिक्षण गर्छन्, मुसो माथि परिक्षण गर्छन् त कहिले सुगुर माथि परिक्षण गर्दैछन् । सक्छौ र तिम्रो बल ताकत छ भने पहिले त्यस्ता चिकित्सक माथि हमला गर । तिनीहरूको इहलिला समाप्त पार । त्यसकारण त्यस्ता चिकित्सकबाट बचेर जसरी भए पनि सगरमाथाको देशमा आउने चेष्टा गर । म तिमी आउने बाटा भरी आँखा ओछ्याएर बसिरहेको हुनेछु । तिम्रो आगमनको क्षण मेरो मन यति खुसी हुनेछ कि शव्दकोषमा भएका शव्दले अभिव्यक्त गर्ने शव्द नै छैन । छिमेकीले बुद्ध हाम्रो देशमा जन्मेको हो भन्दै झुटो दावी गरेपनि सत्य कुरा कहिल्यै हराउन सक्दैन बुद्ध आखिर नेपालमा नै जन्मेको हो । बुद्धको देशमा आउ तिमी । तिम्रो यहाँ अति नै खाँचो छ ।

अर्को कुरा तिम्रो सञ्जाल विस्तारको लागि यो अति उपयुक्त स्थान हो । पुरुषले पनि सुत्केरी भत्ता लप्काउने मुलुक हो यो । त्यसैले पनि यो पुण्य भूमिमा तिम्रो बसाई अति नै रमाइलो हुनेछ । त्रिभूवन विश्व विद्यालय जस्तो गरिमामय शैक्षिक संस्थामा सिलप्याकका बील पेश गरेर हिसावकिताब मिलान गर्ने देशमा तिमीलाई मिल्ले किसिमको मौसमी हावापानी छ । त्यति मात्र हो र रक्तचन्दन ओसारपसार गर्नको लागि पनि यो मुलुक अति सुरक्षित छ । यहाँबाट विश्वका जुनसुकै मुलुकमा पु¥याउन सकिन्छ । लागु पदार्थ ओसारपसारको ट्रान्जिट व्वाइन्ट नेपाललाई मानेर कयौं विदेशीहरूले विश्यका थुप्रै मुलुकमा पु¥याइसकेका छन् । त्यसको लागि सुरक्षित स्थलको रुपमा मान्छन् । त्यसकारण इबोला तिमीलाई पनि यहाँको माटो, हावा, पानी समय परिस्थिति सबै मिल्ने खालको छ । विश्वका चर्चित आतङ्कवादीहरूले यहाँ बसेर योजना बनाउछन् र विश्वलाई धावा बोल्छन् । त्यसकारण हरेक अपराधिक क्रियाकलाप गर्नको लागि नेपाल सुरक्षित स्थल हो ।

यहाँका केही बदामास, उल्लु, छट्टुहरूले यदि इवोला भाइरसलाई नेपालमा प्रवेशको मौका दिइयो भने डामाडोल हुन्छ भनेर अन्तरराष्ट्रिय विमान स्थलबाट नेपाल भित्रिने गौडामा विशेष निगरानी अपनाइरहेका छन् । त्यसकारण तिनीहरूको आँखा छलेर भएपनि तिमी नेपालमा भित्रिनु चाँही पर्छ है । समयको माग हो । तिमी अहिले नेपालमा भित्रियौ भने इतिहासमा तिम्रो नाम रहनेछ । तिमीले नेपालमा भित्रिएर अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा प्रवेश गर्नुपर्नेछ । किनकी नेपालीहरूलाई संविधान चाहिएकै छैन । त्रिसठ्ठी सालदेखि संविधान विहिन अवस्थामा नेपाल कसरी चलिरहेको छ भने अव किन चाहियो संविधान ? संविधान नभएमा अपराधीहरूले चलखेल गर्ने मौका पाउछन् । चप्पल छापेहरू रातारात हेलिकप्टर किन्ने हैसियत हुन्छन् । गुन्द्रुकेहरू रातारात चौरासी व्यञ्जनका प्रयोगकर्ता बन्छन् । सक्नेले फाइदा लिइरहेकै त छन् नि ? कुनै नेपालीलाई समाएर नजिकैबाट मनलागी गोली ठोकेर मार्छन् र अपराधी हो ज्यान जोगाउन भाग्दै हामी माथि गोली ठोक्न लाग्दा प्रतिकारमा जवाफी कारवाही गर्दा उनको ज्यान गएको हो । इन्काउनटरमा मारिएका हुन् भन्दै मान्छे मारेकोमा गौरव गर्छन् । आफ्नै देशको नागरिकलाई हत्या गर्ने कानून कहाँ छ ? यसरी विना संविधान पनि देश चलिरहेको समयमा यहाँका सभासदहरू रातोदिन लागिपरेर आगामी माघ ८ गते नै संविधान जारी गर्नेछौ भन्दै मरिमेटेर संविधान लेखनमा लागिरहेका छन् । संविधानसभा– २ ले संविधान जारी गरेमा अनर्थ हुनेछ । त्यसकारण तिमीले नेपालको संविधानसभा हलमा प्रवेश गरेर सकेसम्म ६०१ सभासदलाई नै सखाप पार्नु प¥यो । यदि सबैलाई सखाप गर्न सकेनौ भने पनि संविधान बनाउनै पर्छ भनेर आपूm पनि मरिमेटेर लाग्ने र अन्य सभासदलाई पनि यसै कार्यमा सरिक गराउन खोज्ने सभासदलाई खोजी खोजी सखाप पारिदिनु प¥यो । नेपालमा अनर्थ हुनबाट बचाउनु प¥यो ।

भन्सार छलेर रातारात नेपालमा ल्याएर जाली नोटको कारोवार पनि यहि हुन्छ । भन्सा।र राजश्व छली गरी किलोका किलो सुन पनि नेपालमा ल्याउन पछि पर्दैनन् । नाकामा बस्नेलाई यसो खल्तीमा केही व्यवस्था गरेमा देखे पनि नदेखेको जस्तो गरेर तस्करहरूलाई सजिलैसँग पास दिन्छन् । त्यस कारण तिमीलाई पनि अवरोध गर्न खोज्यो भने पश्चिमी मुलुकको केही हरिया डरलको व्यवस्था गरिदेउन तिमीलाई सलाम ठोकेर बाटो खुलाईलिन्छन् । नेपालीहरू कही कतै पनि घुस खाँदैनन् । भ्रष्टाचार गर्दैनन् । त्यो चाँही याद राख है । नत्र फेरि कालकोठरीमा लगेर कोच्ला नि । अख्तियारमा अहिले लोकमानसिंह कार्कीको हालीमुहाली छ । छोरी कुटेर बुहारी तर्साउर्दछ । छोरीको कुटाईमा पर्नुहोला ।
मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चोरहरु

चोरहरु

कृष्ण उफान
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x