साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिटौला र किम ह्याङ्ग सम्मानित

Nepal Telecom ad

काठमाडौँ २०७२ असार ११ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरले वरिष्ठ स्रष्टा मोहन सिटौला (अमेरिका) लाई नेपाली साहित्यमा पुर्याएको योगदान बापत अभिनन्दन समारोहको आयोजना गर्यो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष सिटौलालाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले मिडिया इन्टरनेसनलमा आयोजित विशेष साहित्यिक समारोहमा अभिनन्दित गर्नु भएको हो ।

नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित समारोहमा नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नमा योगदान पुर्याएवापत कोरियाका साहित्यकार किम ह्याङ्ग ह्योनलाइ पनि सम्मानित गरिएको थियो । यसैगरी अनेसासका उपाध्यक्ष साहित्यकार प्रकाश पौडेल माइला (जापान) र नियात्राकार एवं सञ्चारकर्मी मञ्जु गुरुङ (कोरिया) लाई मायाको चिनोसहित स्वागत सम्मान गरिएको थियो ।

कार्यक्रममा स्रष्टा मोहन सिटौलाका ‘आवाजका जुलुस र नयाँ विश्व’ तथा ‘त्ज्भ् ल्भ्ध् द्यच्भ्ब्त्ज्क्’ कृतिहरूको पनि लोकार्पण गरिएको थियो । दुवै कृतिहरूमाथि प्रा.डा. अमरराज जोशी र प्रा.डा. देवी गौत्तमले समीक्षा गर्नु भएको थियो । कार्यक्रममा वरिष्ठ संगीतकार प्रदीप बमजनले दुईवटा गीत गाउनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले अमेरिकाको संस्थाबाट “कवि राजदूत” को उपाधि पाएकोमा अभिनन्दित स्रष्टा मोहन सिटौलालाई बधाई ज्ञापन गर्दै अनेसासको गतिविधिको प्रशंस गर्नु भयो ।

कार्यक्रममा अभिनन्दित स्रष्टा मोहन सिटौला, सम्मानित कोरियाका साहित्यकार किम ह्याङ्ग ह्योन, साहित्यकार प्रकाश पौडेल माइला, अन्तर्र्रािष्ट्रय नेपाली साहित्य समाज नेपाल च्याप्टर अध्यक्ष राधेश्याम लेकाली, उपाध्यक्ष रामबाबु सुवेदी, कार्यसमिति सदस्य गीता कार्की आदिले आआफ्नो मन्तब्य राख्नु भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x