सुलसुलेकथामा सांस्कृतिक चेतनाको चर्चा
झापा । नेपाल प्रज्ञा प्रतिष्ठान, गद्य आख्यान विभागको आयोजना र बेलबारी साहित्य विकास समिति बेलबारीको सहआयोजनामा आज २०७२ असार १२ गते शनिवार मोरङको बेलवारीमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।
मूर्धन्य साहित्यकार खगेन्द्र संग्रौलाको प्रमुख आतिथ्य, डा राजेन्द्र विमल, वरिष्ठ साहित्यकार चूडामणि रेग्मी, आख्यानकार नारायण ढकाल, विमल निभा र जीवी लुगुनको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार पुरुषोत्तम सुवेदीले समकालीन नेपालली कथामा सांस्कृतिक चेतना विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत कार्यपत्रमाथि साहित्यकार नयनराज पाण्डे र डा.बद्रीविशाल पोखरेलले टिप्पणी गर्नु भएको थियो ।
कार्यक्रममा आख्यानकार नारायण ढकाल, डा राजेन्द्र विमल, गंगा सुवेदी, विमल निभा, प्राज्ञ मातृका पोखरेल, प्रा. डा. भीम खतिवडा, मिश्र वैजन्ती, डा.शीवमाया तुम्वाहाम्फे, खगेन्द्र संग्रौला र विवस पोखरेलले मन्तव्य राख्नु भएको थियो । यसैगरी सो कार्यक्रमको दोस्रो चरणमा कविता वाचनको कार्यक्रम पनि भएको थियो । संजीव धिमालले धिमाल भाषाको गीत गाउनु भएको थियो भने जेवी थुलुङ्ग, टीका आत्रेय,देवीचरण भण्डारी,तारा पराजुली, गण्डकी पुत्र, रोहित पराई, आरती पोखरेल, सुनाली गुरुङ्, कृष्ण उदासी, विष्णु न्यौपाने, प्रा. डा. भीम खतिवडा, विमल निभा, लक्ष्मी सुवेदी, बादल चाम्लिङ्, पुण्य प्रसाद खरेल, समीक्षा घिमिरे र कृतिका राईले कविता, गीत तथा गजल वाचन गर्नु भएको थियो ।
बेलबारी साहित्य विकास समिति बेलबारीकी अध्यक्ष कवि तथा साहित्यकार रेखा सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञ उपेन्द्र पागलले स्वागत र सो संस्थाकी सचिव तीला लेकालीले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा काठमाडौ, झापा, मोरङ्, सुनसरी र उदयपुर लगायतका जिल्लाका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
–देवी चरण भण्डारी
Subscribe
Login
0 Comments
Oldest












































