साइबर अपराध सम्बन्धी सचेतना सामग्री

Untitled

Nepal Telecom ad

रहरले बने
कहरले बने
लुटिएका पैसाका
जहरले बने
म्याद सकिएका
सिमेण्टका भर
कठै काठमाडौंका घर !

व्यापारीले नाफा ठड्यायो
कर्मचारीले ऋण चुल्यायो
विदेशी पैसाले घरै रोज्यो
सिम भनेन डोल भनेन
माटो मिसिएको बालुवाको चर
कठै काठमाडौंको घर !

सिन्के पिलरमा भीमसेन बसायो
सपनामात्र गाँस्यो
धरहरा सजायो
घरमाथि बोझ राखेर
मनुवा तलतिर हाँस्दै सुत्यो
ट्याङ्कीले थिच्यो
मार्वलले मिच्यो
भित्तामा हेर्यो आफैं लजायो
अरुले देखून् भनेर
सोलारको प्लेट डिलमा सजायो
पाङ्ग्रे ल्यायो र सँगसँगै भुक्यो
स्वर्गका महाराजा जस्तो सम्झेर
बामपुड्के घरतिर पिच्च थुक्यो
सधैंको तिज सधैंको दर
कठै पीडामा काठमाडौंको घर !

अनायासको धक्काले
बामपुड्केहरू अग्लिएका छन्
भुइँ अग्लिएर
गगनचुम्बी महल पग्लिएका छन्
गलिभरहरू आजभोलि
तलाको नाम लिँदा डराउँछन्
लिलिपुटलाई देख्नासाथ
नमस्कार भनेर कराउँछन्
समयको सुइलाई
भूकम्पले उल्टो घुमाएछ क्यारे
अपमान मान भएको छ
अभिमान पश्चातापको तान भएको छ
जता कम्पन केन्द्र भए पनि यहीँ डर
कठै राजधानी काठमाडौंको घर !
२०७२ बैशाख १४ गते

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x