साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोग कति कति !

Nepal Telecom ad

१. ए गाँठे हो ! अचेल त रोग कति कति !
नञा रोग ‘म !’ नै फैल्यो महामारी भई !

२. मण्डलेका वावु भए का.÷कम. दुवै यही !
नञा रोग डोको थुन्से बोकी भरी भरी !

३. जता जाऊ पूर्व कि लौ ! पच्छिम नै जाऊ !!
नञा रोग घन्केको छ वन पाखा भरि !

४. जुवा खेल्छ ‘अहम्’ गर्छ ! केको गर्छ ! गर्छ !
भ्रष्टाचार मुद्दो खेप्छ ! जुँगा ताउ दिन्छ !

५. भूकम्प त आयो ता नि के के भत्के !भत्के !
भत्कने छन् अझै ठाडा ! हार्यो भूकम्प नै !

६. नञा रोग नपढ्ने र कवि चाहिं बन्ने !
मौका परे समीक्षा नै ! लाजै नास्ति ठोक्ने !

७. कति जुग फेरिए है ! जुका अझै उनै
चारै किल्ला बाँधेका छन् ! पक्का पक्की हरे !

८. मरन्च्याँसे दीर्घ रोगी ! नञा रोगवाला !
अरुलाई भन्दा भन्दै भेट्ला आफैंलाई !
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x