सुलसुलेसुरभिको कार्यक्रममा ‘फलफूल खेती’को लोकार्पण
सुरभि साहित्य प्रतिष्ठानले आफ्नो ५८औँ आख्यान वाचन कार्यक्रम २०७२ असार १९ गते शनिबार सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सूर्यबहादुर सेनको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा वरिष्ठ कवि तथा कथाकार कणाद महर्षि, महाकाव्यकार श्रीहरि फुँयाल, समालोचक युवराज मैनाली, समाजसेवी माधव खनाल, गोपाल बराल, कलाकार श्रीकृष्ण सिंखडा, रेडियोकर्मी राजन न्यौपाने आदिको आतिथ्य रहेको थियो । कृषि अनुसन्धाता तथा साहित्यकार शालिग्राम अधिकारीको पुस्तक ‘व्यवसायिक फलफुल खेती’ को लोकार्पण समेत रहेको यस कार्यक्रममा नौ जना कथाकारले कथा वाचन गर्नुभएको थियो । प्रकाश बस्नेत ‘गफाडी’, ब्रह्मप्रिय प्रेमस्वरुप, रञ्जना पराजुली, लक्ष्मी एडी, शारदा पराजुली, इन्दु सञ्जेल, रामचन्द्र दाहाल, श्रीहरि फुयाल, युवराज मैनाली लगायतले आआफ्ना कथा–लधुकथा वाचन गर्नुभएको थियो । रत्ननिधि रेग्मीले भने हास्यव्यङ्ग्य निबन्ध ‘नेपाललाई पनि पिलेट चाहियो’ वाचन गर्नुभएको थियो ।
प्रमुख अतिथि सूर्यबहादुर सेनले सुरभि साहित्य प्रतिष्ठानको प्रशंसा गर्दै यस प्रतिष्ठानलाई सकेसम्म सहयोग गर्ने वचन पनि दिनुभएको थियो । सुरभिका सचिव अच्युत घिमिरेले सञ्चालन गरेको यस कार्यक्रममा वाचित कथा, लघुकथा तथा निबन्धको समीक्षा भने उपाध्यक्ष परशुराम पराशरले गर्नुभएको थियो ।
Subscribe
Login
0 Comments
Oldest












































