साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानुसँग मनका कुरा

Nepal Telecom ad

डिट्ठा बिचारी सब छन् जमेका ।
छन् भोलिवादी यसमै रमेका ।।
सर्वत्र भन्छन् अब भोलि भोलि ।
थापेर बस्छन् सब आज झोली ।।

धूलाम्य तिम्रो अमरावती भो ।
बारी बगैचा खलका सती भो ।।
देखिन्न नारी गुनकेशरीमा ।
बास्ना हरायो किन बाबरीमा ।।

मान्छे भनिन्छौं तर रङ्ग छैन ।
लेख्छौं कतै के तर ढङ्ग छैन ।।
भाषा चिथोरे अब छैन साङ्ग ।
के भन्नु यस्तो कवि भानुसङ्ग ।।

२०७२ असार २९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x