साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानु ! के छ खबर ?

Nepal Telecom ad

 

तिम्रो चिन्तन खै कतातिर गयो देखिन्न यौटै पनि
तिम्रो मन्थनको सुकाव्य सरणी भेटिन्न उस्तै पनि
तिम्रो प्रेम प्रगाढता मुलुकको भाषा कला सुन्दर
फक्रेनन् सजिलै समुन्नत गरी खोज्दै छु तिम्रो घर ।।

पाटी बन्न छुटे कुवा सब सुके को हेर्छ यात्रीहरू
जो जो कर्मठ ती डुबेर रिनमा मुग्लान पस्छन् बरु 
पैसाले ममता कतातिर लग्यो सेवा पुरानो कुरा
उस्तै मानव, भानुभक्त ! अब ता पाइन्न साँचो कुरा ।।

तिम्रो भाषिक एकता गजबको सम्मानको त्यो कुरा
तिम्रो राष्ट्रिय भावना अदबको संस्कारको आँकुरा
मानौ स्वप्न समान भो किन कसो देखिन्न त्यो संस्कृति
आएमा यदि भानुभक्त कसरी पोखू सबैँ दुर्गति ।।

भन्थ्यौ नैतिक बन्नु नै मनुजको सम्प्राप्ति हो केवल
बाँच्ने जीवन कर्ममा रमिरहोस्; आदर्श हो देवल
जे भन्थ्यौ तर हेर यो मुलुकमा कस्तो भयो उन्नति
हत्या मानव शृंखला दिनदिनै देखिन्छ झन् दुर्गति ।।

सोच्थ्यौ शासन रामकै प्रकृतिको नेपालमा नैतिक
पाई न्याय सबै खुसी बनिरहून् इच्छा थियो स्वस्तिक 
कोही दुःख र वेदनासित कतै संघर्षमा हुन् पुरा 
तिम्रो सोच थिएन तापनि यहाँ देखिन्छ अर्कै कुरा ।।

के हेर्छौ अमरावती प्रकृतिको सान्निध्य आभासरि
के हेर्छौ सरकारका कति कुरा उस्तै ढिला सुस्तरी
तिम्रो कान्तिपुरी यहाँ प्रलयझैँ देख्छौ नयाँ ढंगको
धर्साले हिमशैलको नियतिझैँ देख्छौ सबै रंगको ।।

भ्रष्टाचार घटेन झैँ मुलुकमा बोल्छन् कयौँ खोजले
अत्याचार अझै घना किसिमको गर्छन् कयौँ मोजले
तिम्रा सुन्दर सिर्जना सब यहाँ बन्दी भए झैँ पुरा
मानौँ मौन बसी निरीहपनमा लुक्छन् कुना कन्दरा ।।

भैगो के छ कुरा त्यहाँ सुरपुरी कस्तो गरी बस्दछौ
के लेख्छौ अब राम कृष्ण अथवा नेपाल नै सोच्दछौ
तिम्रो सिर्जन शक्तिले कति गरे बुझ्लान् कहाँ को अब
जे होस् आज तिमीिवना मुलुक यो सोच्दै छ त्यो वैभव ।।

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x