साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विचित्रकै चाला !

Nepal Telecom ad

१. फेरि फेरि उनै रूप उनै उनै चाला !
कस्तो उस्तो वज्र छाप ! कस्तो दरो चाला !

२. सिमेन्टी पो दरो भन्थे ! धररा नै ढल्यो !
कस्ता पुल ! कस्ता घर ! ढले ! के हो चाला !

३. जुन गोडो जता टेक्यो ! भासिएला ! डर !
जता भोट उतै नोट ! देश के हो ! चाला !

४. जता हेर्यो उतै भ्वाङ ! कस्तो माटो भयो !
धर्तीपुत्र दास बने के हो ओहो ! चाला !

५. यो माटाको विचित्रका के के बढे चाला !
जता हेर्यो उल्टै देख्छु विचित्रकै चाला !

६. चुस्न पाए बाच्छाहरू धम्की हान्ने आहा !!
जुकाका त बाबु मान्छे ! के खाले हँ ! चाला !

७. उता जाती भन्यो ! तर उतै खत्तम् ! क्या’र्ने !
जता हेर्यो उतै राक्से ! जुगको के चाला !

८ कस्सी कस्सी यता आयो ! लोपर्न पो खोज्छ !
बाबा रे हो ! सोझोलाई कस्तो घेर्ने चाला ?
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x