साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अलार्म

Nepal Telecom ad

……….
यो मादक शून्यताले भरिएको
एउटा सुनसान र निस्पृह अन्धकारभित्र
फेरि बज्न थाल्यो अलार्म !
……….
किरिङ् रिङ्… किरिङ् रिङ्… !
……….
अर्केष्ट्राको कति मीठो धून निस्कियो
शरीरका सातओटै प्वालहरुबाट !
आहा !
तिमी मैनका आँखाहरूखुलै छाडेर
निदाएकी छ्यौ सुनको पलङमाथि !
अनुहारभरि धप्प धप्प
बलिरहेको छ काँचको ज्योति !
तिम्रो शरीरबाट पनि
छिर्लिङ्… छिर्लिङ्…
बजिरहेको छ चुरीको गीत !
……….
भोलि फेरि
मिर्मिरेमै उठेर
धुनु छ लुगा, जानु छ कारखाना
तर समय अगाडि नै
बज्न थाल्यो पापी अलार्म !
म आफ्नै सपनाको भीरबाट खसेर
आफ्नै आवाजले ब्युँझिएँ !
तिमी पनि त ब्युँझियौ
आफ्नै निद्राको घनघोर जङ्गलबाट !
र हामी दुवै जना मिलेर
झन् ठूलो ठूलो आवाजमा
बजाउन थाल्यौँ अलार्म !
……….
किरिङ् रिङ्… किरिङ् रिङ्… ! …
किरिङ् रिङ्… …
किरिङ् …. … …
रिङ्… ! … … ….
……….
यति राति नै उठेर
अब कहाँ जानु छ र !
……….
अलार्म बजाइसकेपछि
हामी फेरि चुपचाप चुपचाप
आँखा चिम्लेर सुत्यौँ
आफ्ना बाँकी सपनाहरूपूरा गर्न … !!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x