साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे छ यो बैगुनी

Nepal Telecom ad

एक्लो बन्न प्रयास गर्छु तर यो छाया म झैँ सर्दछ
ऐनाले प्रतिबिम्ब आकृति भए जस्तै दिने गर्दछ ।
कुर्ली भाषण गर्छ मानिस खुबै जान्ने र बुझ्ने बनी
’टेढो आँगन’भन्छ नाच्न नसके मान्छे छ यो बैगुनी ।।

अर्काका दुखमा रमाउँछ, निकै सल्लाह, अर्ती दिन
मान्छे पुग्दछ शीघ्र पीडित कहाँ झन् काउछो लाउन ।
साह्रै दुष्ट छ हेप्छ, पेल्छ उसले निर्धा र सोझा भए
गाग्री पूर्ण भरी छ शान्त, तर त्यो छल्किन्छ आधा भए ।।

पैसा, स्वार्थ र शक्तिले मन लुटी कर्तव्य सारा भुले
आँखा साउनमा फुटे त हरियो देख्छन् सधैं गोरुले ।
कोदो मास्तिर जान्छ, धान भुइँमा झुक्छन् फलेमा तर
मान्छेमा पनि यी स्वाभाव रहने, व्यक्तित्वमा निर्भर ।।

जो भन्छन् सहयोग गर्छु, पछि गै बन्छन् तिनै बाधक
हाँस्ने बाहिर, भित्र ती घुसघुसे हुन्छन् बडो घातक ।
आफू मात्र मरेर स्वर्ग सजिलै देखिन्छ भन्छन् सब
फेदीबाट चढेर चुम्न चुचुरा होला सधैँ सम्भव ।।

साथी हो तर ठान्छ आदर गरे आई पर्यो पाउमा
गर्दै छन् कतिले यहाँ मनपरी आफन्तका नाउँमा ।
हेर्थे शङ्कर देव ‘नेत्र त्रय’ ले देख्ता कसैको धन
गर्छन् नाटक मित्रको तर तिनै पार्छन् बढी उल्झन ।।

हाम्रो जीवन एक नाटक न हो हामीहरू पात्र हौँ
धर्ती सुन्दर रङ्गमञ्च, यसका संवादमा व्यस्त छौँ ।
भोगी जीवनका तिता र नमिठा निष्कर्ष साझा भनी
मैले सक्दछु भन्न मात्र यति नै ’मान्छे छ यो बैगुनी’ ।।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x