सुलसुलेभाषा, संस्कृति र सम्पदा–मुलुक पहिचानको आधार
काठमाडौँ, २९ असार । राष्ट्रकवि माधवप्रसाद घिमिरेले भाषा, संस्कृति र सम्पदा नै मुलुकलाई पहिचान गर्ने आधार भएकाले यी पहिचानलाई जीवन्त राख्न राज्यस्तरबाट नै पहल हुनुपर्ने बताउनुभएको छ ।
आदिकवि भानुभक्त आचार्यको २०२ औँ जयन्तीका अवसरमा आयोजित कार्यक्रममा विद्वान् आरडी प्रभाष चटौतलाई ‘भानुभक्त पुरस्कार’ वितरण गर्दै राष्ट्रकवि घिमिरेले भन्नुभयो, “पुरस्कृत व्यक्तित्व चटौतले डोटेली भाषाको संरक्षण र सम्वद्र्धनमा पु¥याएको योगदान अविष्मरणीय छ । त्यसमा सम्पूर्ण डोटेली संस्कृतिको झलक पाइन्छ ।”
उहाँले “नेपालको संस्कृतिको विकास पश्चिमबाट पूर्वतिर फैलिँदै गएको र सानो मुलुक भए पनि थरिथरिको संस्कृति र भाषाभाषी पहिचानको आधार हो” भन्नुभयो ।
विसं २०५१ देखि प्रदान गर्न थालिएको सो पुरस्कारको राशि रु एक लाख २५ हजार र सम्मानपत्र छ । अङ्ग्रेजी भाषामा स्नातक गर्नु भएका चटौतले विद्यालयको प्रिन्सिपल, प्रशासनिक क्षेत्रमा तीन दशक लामो सेवा गर्नुका साथै भरत जङ्गमको ‘कालो सूर्य’ उपन्यासलाई डोटेली भाषामा अनुवाद गर्नुभएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै उहाँले पुरस्कारबाट आफूलाई नेपाली भाषाको सेवामा तल्लीन रहन प्रेरणा मिलेको चर्चा गर्नुभयो ।
नेपाली भाषा शिक्षा परिषद्का सदस्यसचिव रमा शर्मा, प्राज्ञ यज्ञराज उपाध्यायलगायतले नेपाली भाषा, भानुभक्तको योगदानका विविध पक्षमा चर्चा गर्नुभएको थियो ।
Subscribe
Login
0 Comments
Oldest












































