साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमी भानुभक्त

Nepal Telecom ad

कता पूर्व मेची कता दूर काली
सबै बोल्दथे भिन्न भाषा अँगाली
थियो एकरूपीपनाकै त खाँचो
लिई सामु आयौ तिमी एक साँचो ।।

लडेका भिडेका र छुट्टी बसेका
कुनै लाहुरे ज्यान अर्पी मरेका
सहारा नपाएर खुम्ची रहेका
थिए रामकै आशमा झुण्डिएका ।।

तिमी रामको नाम बोकेर आयौ
मिठा शव्दमा श्लोकमा गुन्गुनायौ
उही रामगाथा सबैमा सुनायौ
दिई भक्तिले शक्ति जागा गरायौ ।।

तिमी दीर्घदर्शी कसैले बुझेनन्
बहाना थियो यो कसैले गुनेनन्
बन्यो यै बहाना मियो एकताको 
बन्यो एक भाषा यताको उताको ।।

जहाँसम्म नेपालको नाम हुन्छ
सबै एक जातित्वको काम हुन्छ
यही एक भाषा छ हाम्रो चिनारी
सबै विश्वमा नाम हाम्रो फिंजारी ।।

तिमी देशका एक साँचो सुपुत्र
सयौं जाति जोड्ने तिमी एक सूत्र
तिमी शारदाका गुणी एक भक्त
तिमी राष्ट्रकै रत्न हौ भानुभक्त ।।

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x