सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

एक दिन भानुभक्त

Nepal Telecom ad

एक दिन भानु सुटुक्क
नयाँ नेपाल हेर्न भनी
कान्तिपुरी आए
हरियाली फाँटहरूमा
अग्ला मलहरू पाए ।

खोज्दा खोज्दै अलकापुरी
लाउनु चक्कर लाए
घरै घरको जङ्गलमा
खानु ठक्कर खाएं ।

धँुवा धुलो फोहरको
नाकमा पर्रा आए
तिर्खा लाग्दा जल ठानी
कोक ठर्रा खाए ।

स्वर्गका परीहरू
डिस्कोहरूमा छाए
कोही आए अँगालो मार्न
कोही डस्नै आए ।

छलकपट व्यभिचारीको
संस्कृति यहाँ पाए
बिदेशीको नक्कलहरू
बिकृति यहाँ पाए ।

भ्रष्टाचारी अत्याचारी
शासन गर्ने देखे
झुटैझुटको खेती गर्दै
भाषण गर्ने देखे ।

सानो तिनो कामलाई पनि
धाउनुसम्म धाए
कसैले दोहन गरे
मज्जैसँग कसैले दाए ।

कालो धन्दा चर्को चन्दा
मौलाएको पाए
बुद्विजीवी सज्जनहरू
बौलाएको पाए ।

दिनदहाडै लुटपाट गर्दै
गुन्डाहरूले छेके
आँखा चिम्ली निदाएको
शान्ति सुरक्षा देखे ।

बन्द हड्ताल चक्का जाममा
अनेक थोक भोगे
फेरि फर्की नआउने गरी
कुलेलम नै ठोके ।
दाङ, हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे