साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक दिन भानुभक्त

Nepal Telecom ad

एक दिन भानु सुटुक्क
नयाँ नेपाल हेर्न भनी
कान्तिपुरी आए
हरियाली फाँटहरूमा
अग्ला मलहरू पाए ।

खोज्दा खोज्दै अलकापुरी
लाउनु चक्कर लाए
घरै घरको जङ्गलमा
खानु ठक्कर खाएं ।

धँुवा धुलो फोहरको
नाकमा पर्रा आए
तिर्खा लाग्दा जल ठानी
कोक ठर्रा खाए ।

स्वर्गका परीहरू
डिस्कोहरूमा छाए
कोही आए अँगालो मार्न
कोही डस्नै आए ।

छलकपट व्यभिचारीको
संस्कृति यहाँ पाए
बिदेशीको नक्कलहरू
बिकृति यहाँ पाए ।

भ्रष्टाचारी अत्याचारी
शासन गर्ने देखे
झुटैझुटको खेती गर्दै
भाषण गर्ने देखे ।

सानो तिनो कामलाई पनि
धाउनुसम्म धाए
कसैले दोहन गरे
मज्जैसँग कसैले दाए ।

कालो धन्दा चर्को चन्दा
मौलाएको पाए
बुद्विजीवी सज्जनहरू
बौलाएको पाए ।

दिनदहाडै लुटपाट गर्दै
गुन्डाहरूले छेके
आँखा चिम्ली निदाएको
शान्ति सुरक्षा देखे ।

बन्द हड्ताल चक्का जाममा
अनेक थोक भोगे
फेरि फर्की नआउने गरी
कुलेलम नै ठोके ।
दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x