साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे विवेकी अरे !

Nepal Telecom ad

खुट्टा तान्न सिपालु मानिस मिठो बोलेर झुक्याउँछ
छिर्के हान्छ, पछार्छ रूप बदली आएर सम्झाउँछ ।
अर्ती सुन्न तयार हुन्न तर ऊ फुल्ने प्रशंसा गरे
छेपारो सरि रङ्ग फेर्छ सजिलै मान्छे विवेकी अरे ।

बोली कृत्रिम, छद्मभेष छ सधैँ, संस्कार छन् नक्कली
आफ्नो भाकल पूर्ण गर्दछ दिई प्राणीहरूको बलि ।
आफू चोखिन खोज्छ दोष अरूका थाप्लामहाँ थोपरे
छेपारो सरि रङ्ग फेर्छ सजिलै मान्छे विवेकी अरे ।

मान्छे द्रव्यपिशाच हो धन मिले निस्कन्छ बाङ्गो बनी
पैसा खातिर बेच्न तत्पर हुने छोरी, बुहारी पनि ।
’तिम्रो जीवन मार्गमा कुसुम छन्’ भन्नेछ काँडा छरे
छेपारो सरि रङ्ग फेर्छ सजिलै मान्छे विवेकी अरे ।

चर्को भाषण, कामदार घरमा छन् मात्र नाबालिग
गर्ने भन्दछ अन्त्य बालश्रमको कुर्लेर त्यै मालिक ।
आफ्ना मात्र दिई उदाहरण झन् भन्नेछ यस्तो गरे
छेपारो सरि रङ्ग फेर्छ सजिलै मान्छे विवेकी अरे ।

पाएमा पद जे नगर्नु छ त्यही गर्दा बिकेको छ यो
पैसा, भक्ति र शक्ति, मानमनितोमा नै टिकेको छ यो ।
’चम्चा’ या ’हुनुमान्’ बनेर कतिले भण्डार आफ्नो भरे
छेपारो सरि रङ्ग फेर्छ सजिलै मान्छे विवेकी अरे ।

मौरीले प्रतिवाद गर्छ रिपु क्वै आए भने घारमा
जोगाई गुँड बस्दछन् सब चरा श्रद्धा छ त्यो झारमा ।
मान्छे सालिक तुल्य मौन छ यहाँ बोल्दैन सीमा सरे
छेपारो सरि रङ्ग फेर्छ सजिलै मान्छे विवेकी अरे ।

गोलोमा खतरा भए सब मिली लड्छन् अरिङ्गाल झन्
साना छन् तर माकुरा पनि सधैँ आवास जोगाउँछन् ।
आफ्नो हो घर झैँ, भुकी कुकुरले कर्तव्य पूरा गरे
छेपारो सरि रङ्ग फेर्छ सजिलै मान्छे विवेकी अरे ।

मान्छे बैगुन पुञ्ज हो गुण गरे सम्झिन्न एकै छिन
उठ्ने एक जना समर्थक भई, लाखौँ चुनौती दिन ।
छोरी बेचिन बाध्य छन्, कति जना कालै नआई मरे
छेपारो सरि रङ्ग फेर्छ सजिलै मान्छे विवेकी अरे ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
0
Would love your thoughts, please comment.x
()
x