साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आऊ एउटा प्यारको सम्झौता गरौं

Nepal Telecom ad

माया प्रीतिको कुरा गरेर आजीवन नथाक्ने प्रेम रोगीहरूले सिंगो महाकाव्य सिध्याउँदा पनि मनमा पलाएका प्रेम रूपी भावनाहरू कहिल्यै पल्लवित भइसक्दैनन् । प्रेम शव्द आफैमा अर्थपूर्ण छ । मायाप्रीति र प्रेममा संसार अडेको छ । यदि मायाप्रीतिमा खडेरी पर्ने हो भने संसार नै अर्कै भइसक्ने थियो । प्रेम न दिन मिल्ने न लिन मिल्ने हुन्छ । प्रेममा न कुनै स्वार्थको खातिर स्वाँगे अभिनय हुन्छ । प्रेमलाई अजर र अमर बनाउनका लागि आऊ एउटा नयाँ सम्झौता गरौं ।

आप्mनो स्वार्थ पूरा गर्नको लागि दलका टाउकेहरूले झै सधै एउटै रटना लगाएर हाम्रो प्रस्तावलाई अक्षरशः पालना गरेर सम्झौता गरिनु पर्दछ भन्दै “मेरो गोरूको बाह्रै टक्का” भने झै टसको मस नभएर अडान लिइरहनु पर्ने छैन । किनकी प्रेममा छक्का पन्जा, झुट र फरेवीले कुनै स्थान ओगट्ने अवसर पाउने छैन । हाम्रो प्रस्ताव अनुसार सम्झौता भयो भनेर गर्व गर्न लायकको कुनै बुँदा हुने छैन । प्रेमले कसैलाई पनि सानो ठूलो ठान्दैन । प्रेमको वागमा रमाउने प्रेमी र प्रेमिकामा को ठूलो ? कहिल्यै प्रेमको अनुभूति गर्नु भएको छ । झुटको खेती गरेर दुनियालाई भुल भुलैयामा राखेर सधै समयको हिरो बन्न खोज्ने उत्तरआधुनिक नेताहरूको जस्तो सधै झुट बोलिरहनु पर्ने छैन । सहमति गर्ने सहमति सहित बैठकबाट घरी घरी बाहिरिएर पनि हिड्नु पर्ने छैन । पत्रकारको आँखाको तारो भएर जनताको भावनामा सधै नेता झुट बोल्छन् भन्ने अमिट छाप पनि प्रेममा गर्नु पर्ने छैन । साँढेको …झर्ला र खाँउला भनेर पछि लागेको स्यालको हविगत पनि भोग्नु पर्ने छैन । हारजितको कुनै खेल हुने छैन । प्रतिशोधको कुनै खेल रच्नु पर्ने छैन ।

प्रेममा न कुनै स्वार्थ हुन्छ । न केही पाउनु र गुमाउनुको खेल हुन्छ । दुई आत्माको स्वस्थ मिलनमा प्रेमरूपी वृक्ष उम्रन्छ । धन रूप र गुणलाई पन्छाएर उमेरको प्रवाह नगरी जव निरन्तर रूपमा निर्मल, स्वच्छ र सफा दिलमा सजाइरहन्छ । तवसम्म कुनै हुरी वतास, आँधीवेरी, बाढी पहिरो र कुनै पनि प्रेम विरोधी वाधक तत्वहरू जतिसुकै जुर्मुराए पनि कुनै माखो मार्न सक्ने छैन । मुना र मदनको प्रेमलाई कसले छेक्न सक्यो । लैला र मजनुको प्रेम बीच कसले तगारो भएर छेक्ने हिम्मत ग¥यो ? रोमियो र जुलियटको दुई मुटुको धड्कनलाई कुन बहादुरले रोक्न सक्यो ? त्यसैले आउ तिमी पनि, हामीसँगै बसेर जनम जनमसम्म साथ रहने गरी एउटा प्यारको सम्झौता गरौं । हामीले गरेको सम्झौताको विरूद्ध न कसैले विरोध स्वरूप नेपाल वन्दको आव्हान गर्न परोस्, न कसैले विरोध सभा, मुर्दा जुलुस, लालटिन जुलुस, न कसैले रित्तो गाग्रीको जुलुसको आयोजना गरिरहनु परोस् । चोक चोकका थोत्रा टायरहरू बालेर प्रकृति नै प्रदूषण गरिरहनु परोस् । एकोहोरो शंख फुक्दै सिंगो नगर परिक्रमा गरेर चोकका पुगेर न त पुत्ला दहन नै गर्नु परोस् ।

सुन्दर सपनाहरू मनभरी सजाएर, सुन्दर संसारको कल्पनामा रमाउँदै बाँच्दासँगै बाच्ने, दुःख सुख सबै बरावर बाढ्ने प्रण गर्दै आजीवनसँगै रहने वाचाका साथ एउटा नयाँ सम्झौता गरौ । सत्ता मोहमा फसेर आप्mनो नैतिकता, इमान्दारिता, इज्यत सबै लिलाममा राखेर पनि दुनियाको अगाडि नकटो झै भएर उभिनु पर्ने छैन । सिद्धान्तको तानाबाना बुनेर अभिमानको हिमालबाट अचानक लडेको फर्सीको हालत भोग्नु पर्ने छैन । अभावको खडेरीले तड्पिएर रातारात मालामाल बन्नको खातिर रातो पासपोर्ट काण्डमा मुछिएर सबै सामु रातो अनुहार लगाउदै साउने झरीले भिजेको लुते कुकुरको हालत पनि त भोग्नु पर्ने छैन । सुन्दर सपनाहरु सजाएर दुनिया नै रमाइलो संसार हो भन्ने भावनामा रमाउदै बसी रहने बुँदामा हामी बीच जस्तै बहादुर आए पनि कुनै माखो मार्न नसक्ने गरी सम्झौता गराँैं । घरी घरी अन्तरिम संविधान संशोधन गरे झै हाम्रो प्यारको सम्झौताका बुदाँहरु संशोधन गर्न पर्ने छैन किनकी हामी वीच भएको सम्झौतामा स्वाथर्, अहमता, कुनै अभिष्ट पूरा गराउने किसिमका र विवादास्पद यानेकी दोहोरो अर्थ बोक्ने किसिमका बुँदाहरु पर्ने छैन । “नेपालको कानून बनाउनेले नै जानुन्” भन्ने उक्तिलाई पनि असफल बनाइसकेका छन् । किनकी अहिलेका नेताहरु आपूmले बनाएका नियम कानूनहरु आफैले पनि बुभ्mन छाडिसकेका छन् । छिनछिनमा कुरा फेर्ने भुलक्कड नेताको जस्तो हालत पनि भोग्नु पर्ने छैन । कुन कार्यक्रममा गएर के बोले आफैलाई थाहा नहुने गरी र आप्mनो धोती खुस्किएको पनि थाहा नपाउने गरी पनि त हामीले बोल्नु पर्ने छैन । आप्mना नेता र कार्यकर्ता वा प्रतिपक्षकाहरुले धोती खुस्क्यो भनेर औल्याए पछि पो झल्यास्स भएर मैले कहाँ त्यस्तो अर्थले बोलेको हो र भन्दै आप्mना भाषालाई मिलाउन थाल्दछन् । के हामी बीचको प्रेमको सम्झाँैतामा यस किसिमको आलोचना खेप्ने प्रकारले कुनै हालतमा पनि बुँदा समेटिनु हुदैन ।

स्वच्छ, निर्मल, निश्कलङ्क, निश्वार्थ भावनाले ओतप्रोत हुने किसिमबाट सम्झौता गरिनु पर्दछ । हतारमा सम्झौता गरेर फुर्सदमा पछुताउने किसिमबाट पनि गर्नु हुदैन । “जब प¥यो राती अनि कानी बूढी ताती” भने झै अन्तिम अवस्थामा आएर हतारहतार र रातारात बसेर पनि त हामी बीचको सम्झौता गरिरहनु पर्ने छैन । किनकी अव केही पल मात्र ढिलो भयो भने सारा संसार नै लथालिङ्ग र भताभुङ्ग हुन्छ भनेर रातारात हस्याङफस्याङ गर्दै पनि सम्झौतामा हस्ताक्षर गर्नु पर्ने छैन । हामीसँग प्रसस्त समय छ ।

चन्द्र सूर्यलाई साक्षी राखेर आकासमा चन्द्र सूर्य रहुन्जेलसम्म हामी बीचको प्यारको सम्झौतालाई कुनै पनि वाधक तत्वहरु आएपनि कुनै किसिमको अप्ठ्यारो नहुने गरी एउता प्यारको दस्तावेजमा सम्झौता गराँँैँं । बुद्धको देशमा जन्मिएका हामीले बुद्धलाई साक्षी राखौ, सगरमाथाको एक चिम्टी हिउँ, केचनाकलनको एक चिम्टी माटो, चाँदनी दोधाराको एक मुठी माटो र महाकाली नदीको एक अञ्जुली पानी संकलन गरौं । के हिमाली, के पहाडी, के तराईवासी सबैलाई साक्षी राखौं । हामी बीच कुनै वैमश्यता छैन । हिन्दुको बेदलाई साथमा लिउ, बौद्धमार्गीको त्रिपिटकलाई पनि खोजौ, इसाइको बाइवललाई साथमा राखौं, मुश्लिमको कुरानलाई पनि समेटौं । चार जात छत्तीस वर्णको साझा पूmलबारी हो । सबैलाई समेटेर समावेशी तवरबाट अजर अमर हुने गरी युगयुगान्तरसम्म अमर हुने गरी आऊ एउटा प्यारको सम्झौता गरौं ।
मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x