साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्रान्तिकारी सामन्त

Nepal Telecom ad

कृतज्ञ हुँन जान्दैन कुरा काट्छ छुरा बनी
अनुशासन मान्दैन आफ्नेै सिद्धान्तको पनि
विनम्रता छँदै छैन, छैैन शील स्वाभावमा
सम्वेदना झल्किँदैन कहिल्यै अनुहारमा !

भकुण्डो खेल्नै तम्सन्छ गुरुकै टाउको पनि
कुनै आदर राख्दैन आमा र बाबुको पनि
जे पनि गर्छु नै भन्छ आफ्नो काम परेपछि
सजिलैसित पन्छिन्छ आफ्नो काम टरेपछि ।

मुक्त्तिदातासरी ठान्छ आफूलाई गरीबको
कृपा गरेर जन्मेझै देशमा यो गरीबको
सधै गजक्क गज्किन्छ सिन्को भाँच्दैन ता पनि
मिलेर चल्न जान्दैन बरु लुतो कन्याउँछ !

सधै भुतुक्क नै हुन्छ श्रीसम्पत्ति भनेपछि
ठूलो विजयझै ठान्छ धेरै नोट गनेपछि
अपानवायु बाहेक त्याग्न सक्दैन कमै पनि
भोगीको बन्छ दृष्टान्त त्यागी हुँ भन्छ तै पनि !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x