साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोक्सीज्ञान

Nepal Telecom ad

ज्ञान भए पनि ध्यान पुगेन भने ज्यान खतरामा हुन्छ । अनुसन्धानको अभावमा कैयौँ ज्यानहरू खतरामा मात्र हैन कि खतमै भएका छन् । कुरो परापूर्व कालकै भए पनि ध्यान भने हाल मात्र पुग्यो र ज्ञान खुल्यो ।

ऊ बेला मै हुँ भन्ने मर्दहरूले सधैँ भन्ने गर्थे– यी मै’लाहरू “ज्ञान न गुद्धिका सुद्धि न बुद्धिका” हुन्छन् । त्यसैले यी नरपशुलाई पावर देखाएर पछि पार्दै आफू अगि बढ्नु नै मर्दको सच्चा अर्थ हुन्छ । म पनि होला ता नि महान् मान्यजनका महावाणी भन्दै सानी छँदा मानिदिन्थेँ । तर पाको हुँदै जाँदा आको ज्ञानले भने महावाणी भन्दै मानिदिन मान्दै मानेन । बिस्तारै ती वाणीहरू बाण बनेर बिझाउन थाले ।

मैले मनमनै मनन गरेँ र एउटा यस्तो जन्ड ज्ञान पत्ता लाएँ । जुन ज्ञान न त ऊ युगका कुनै मै हुँ भन्ने मर्द मानवसँग थियो, न त यो युगका दादागिरी देखाउने दर्द दानवसँग छ । यो मै’लामा मात्र सीमित यस्तो जाजुल्ले ज्ञान हो “बोक्सीज्ञान” । यस्तो शक्तिशाली बोक्सीज्ञानका बारेमा अध्ययन न पैले कसैले गरे, न अहिले नै कसैले गर्दैछन् । ज्ञानका बारेमा गाउँसहरमा गाइँगुइँ चर्चा चले पनि यो योग्यतालाई अब्बल दर्जाको हो भनेर आवाज उठाउँदै दज्र्यानी चिन्ह दिइएको छैन । कुनै दिन सभा, समारोह र सम्मेलनको आयोजना गरेर पद विभाजन गर्दै पुरस्कार र सम्मानका साथै दोसल्ला पनि ओढाइएको छैन ।

त्यसैले यस्तो अमान्य पक्षपाती परिपाटीप्रति म पूरै प्रतिव्रिmयात्मक छु । यो ज्ञान लिनु र यसमा पारङ्गत हुनु बोक्सी विद्यामा विद्यावारिधि गर्नुजतिकै विशिष्ट हो । यो ज्ञान पाउन धेरै विषयमा प्राक्टिकल अध्ययन गर्नुपर्छ । अध्ययन मात्र नभएर प्रत्येक विषयमा उच्चतम अङ्क ल्याई स्तर अपग्रेड गर्दै जानुपर्छ । पावरफुलै भए पनि यो ज्ञान लिन पुरुषले त चाहेर पनि सक्दैनन् भने मै’लामा पनि सबै मै’लाले “बोक्सीज्ञान” आर्जन गर्न सक्दैनन् । त्यसैले यस्तो ज्ञानमा निकैपटक “खप्परमा ठक्कर” लागेको हुनुपर्छ । यस्ता केही भाग्यमानी खप्परमा मात्र ठक्कर लागेको हुन्छ ।

तपाईंलाई पक्कै लाग्यो होला, बोक्सीज्ञानमा पारङ्गतले आफ्नो योग्यताको कागजी प्रमाण लिएर जाँदा हुन् र प्राध्यापन गर्दा हुन् । कुरो त्यसो होइन, झत्ते प्रमाणपत्रका पाना पल्टाएर हाकिमकहाँ काम्दै हाजिर हुनै पर्दैन । बोक्सी भन्ने बित्तिकै जोकोहीलाई लाग्छ कि एउटा डर लाग्दो र शक्तिशाली जन्तु हो र साँच्चिकै हो पनि । बोक्सीका शक्तिले मुलुकमै उथलपुथल ल्याउँछ, सरकार बनाउँछ र सत्तापरिवर्तन गराउँछ । मन परेकालाई माथिमाथि चढाउँछ र मन नपरेकालाई ठाउँको ठाउँ भक्भकी ढलाउँछ । हुरिबतास र आँधीबेहेरी ल्याउँछ । हालसम्म विश्वमा अध्ययन गरिएका सबै सब्जेक्टभन्दा सर्वश्रेष्ठ सब्जेक्ट नै “बोक्सीज्ञान” हो । यस्तो पावरफुल ज्ञानमा अहिलेसम्म कसैको ध्यान नपुगेर मात्र गुमनाम भएको हो ।

बोक्सीज्ञानमा पारङ्गत हुने मसँग केही सूत्र छन् । कसैलाई नभन्ने हो भने मात्र म तपाईंलाई सुटुक्क भन्छु नत्र… ।
सूत्र—
१. बिहे भएकै हुनुपर्नेछ ।
२. दाइजो नल्याएको भन्दै दिनहुँ झैझगडा र कुटपिट भएको हुनुपर्नेछ ।
३. छोरी मात्र पाएको भन्दै श्रीमानले सौता ल्याएको हुनुपर्नेछ ।
४. श्रीमान र सौताले अंश नदिई घरबाट घोक्रेठ्याक लाएर निकालेको हुनुपर्नेछ ।
५. श्रीमानको मृत्यु भएको र बुढ्यौली लागिसकेको हुनुपर्नेछ ।
६. माइतीले घर खान नसकेर आएकी भन्दै बास नदिएको हुनुपर्नेछ ।
७. जिङ्रिङ्ग कपाल भएकी दुब्ली र पातली हुनुपर्नेछ ।

यी सातओटै सूत्रवत् सब्जेक्टमा उच्चतम अङ्क ल्याई उत्तीर्ण गरेपछि मात्र “बोक्सीविद्या” मा पारङ्गत भएको मानिनेछ । यस्तो कठिन परिश्रमबाट आर्जन गरेका ज्ञानमा ध्यान नपुग्नाले बोक्सीहरूले एउटा परिचयपत्रसम्म पाएको छैन । त्यसैले सम्बन्धित निकायको यसतर्फ चाँडै ध्यान जाओस् भन्ने जानकारी गराउँछु । नत्र बोक्सीहरूको हुल जम्मा भएर हुलदङ्गा गर्नुपर्ला है !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x