साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्धो दिमाग

Nepal Telecom ad

केही बेठीक गरिहाल्छ सोँच्दै डराउनु पर्दैन
आँखाले अन्धो मानिससित–
ऊ खान्छ सही खाना, सुँघेर भएपनि
टिप्छ सही चीज
बोल्छ सही(सही सोचेर सम्झेर
हिँड्छ सही बाटो, छामछुम गर्दै ।

कुनै चेलीबेटीको अस्मिता हरण गर्दैन
कुनै आमाको काखैमा नाबालकलाई मार्न जाँदैन
कुनै गरीबको झोपडी फोर्दैनन्
कसैको घरगोठमा आगो लगाउँदैन
कसैको हत्याबारे सोँच्दैन ।
केही बेठीक गरिहाल्छ सोँच्दै डराउँनु पर्दैन
आँखाले अन्धो मानिससित ।
बरु
डराउनु पर्ने रहेछ ती मानिसहरूसित–
जो दिमागले अन्धा हुन्छन्
जो मनले अन्धा हुन्छन्
जो सोच र विचारले अन्धा हुन्छन् ।
डराउनु पर्ने रहेछ–
जब मनको अन्धो मानिस जालझेल बुन्न थाल्छ
दिमागको अन्धो मानिस
आफ्नो विचार जबरदस्ती लाद्न खोज्छ
सोचले अन्धो मानिस
गर्न थाल्छ हरथोकमा हिसाब किताब ।
डराउनु पर्दैन पटक्कै
तर, आँखाले अन्धो मानिसहरूसित ।
बस,
अलिकति डर जोगाउनू साथी !
जब सोचले अन्धो मानिस जुलुसमा मिस्सिन पुग्छ
मनको अन्धो मानिस
आन्दोलनमा उफ्रिँदै अगाडि(अगाडि हिँड्न थाल्छ
दिमागको अन्धो मानिस
भर्न थाल्छ नाराहरूमा स्वर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निक्कै जाडो छ !

निक्कै जाडो छ !

चन्द्र गुरूङ
कार्यकर्ता

कार्यकर्ता

चन्द्र गुरूङ
नेता र गोठालो

नेता र गोठालो

चन्द्र गुरूङ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x