साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई छुस्का

Nepal Telecom ad

१.माछो माछो भ्यागुतो

तिमीले फालेका ढुङ्गाहरू
मेरा लागि भगवान् भयो
तिमीले चुँडेका पातहरू
मलाई भगवान्को प्रसाद भयो
तिमीले बोलेका कटुवचन
मेरा लागि दिव्य उपदेश भयो
तिमीले लेखेका हरेक शब्द
मेरो मुटुभरी छाप भयो
तिमीले दिएका चोटहरू
पोखरीमा ढुङ्गा फालेसरी भयो
कर्तव्य आफ्नो बिर्सेर गयौ
भूल सायद मेरो भयो
लुकेर कुर्छ्यौ किन
सकिन्छ, सामुन्ने आएर भने भयो
सोचिन कहिल्यै तिम्रो कुभलो
मलाई पो माछो माछो भ्यागुतो भयो !

२. साँढे

महादेवको वाहन मात्र हैन
प्रत्येक घण्टा घण्टामा बज्छ साँढे
कोही मर्दा पनि डामेर छोड्छन्
अरूले रोपेका बाली नष्ट पार्छ त्यै साँढे
गाउँभरीका गाईसँग मस्त चर्छ
कोही आए सिंगौरीले तर्साउँछ साँढे
सडकदेखि सदनसम्म डुक्रन्छ
छिमेकीको भरमा मालिकलाई हान्छ साँढे
भूकम्प पीडितको राहत हसुरेर
पीडितलाई नै बुख्याँचा बनी झस्काउँछ साँढे
सदनमा कुर्सीदेखि जुत्ता फाल्छ
बाहिर निस्क्यो पाल तान्छ त्यै साँढे
जस्ता खान्छ, बत्ती खान्छ
आजको आधुनिक डियर साँढे ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x