सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दुई छुस्का

Nepal Telecom ad

१.माछो माछो भ्यागुतो

तिमीले फालेका ढुङ्गाहरू
मेरा लागि भगवान् भयो
तिमीले चुँडेका पातहरू
मलाई भगवान्को प्रसाद भयो
तिमीले बोलेका कटुवचन
मेरा लागि दिव्य उपदेश भयो
तिमीले लेखेका हरेक शब्द
मेरो मुटुभरी छाप भयो
तिमीले दिएका चोटहरू
पोखरीमा ढुङ्गा फालेसरी भयो
कर्तव्य आफ्नो बिर्सेर गयौ
भूल सायद मेरो भयो
लुकेर कुर्छ्यौ किन
सकिन्छ, सामुन्ने आएर भने भयो
सोचिन कहिल्यै तिम्रो कुभलो
मलाई पो माछो माछो भ्यागुतो भयो !

२. साँढे

महादेवको वाहन मात्र हैन
प्रत्येक घण्टा घण्टामा बज्छ साँढे
कोही मर्दा पनि डामेर छोड्छन्
अरूले रोपेका बाली नष्ट पार्छ त्यै साँढे
गाउँभरीका गाईसँग मस्त चर्छ
कोही आए सिंगौरीले तर्साउँछ साँढे
सडकदेखि सदनसम्म डुक्रन्छ
छिमेकीको भरमा मालिकलाई हान्छ साँढे
भूकम्प पीडितको राहत हसुरेर
पीडितलाई नै बुख्याँचा बनी झस्काउँछ साँढे
सदनमा कुर्सीदेखि जुत्ता फाल्छ
बाहिर निस्क्यो पाल तान्छ त्यै साँढे
जस्ता खान्छ, बत्ती खान्छ
आजको आधुनिक डियर साँढे ।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
माया गाँस्ने कविता

माया गाँस्ने कविता

साधुराम खड्का
आज पखाल्ने दिवस

आज पखाल्ने दिवस

साधुराम खड्का
आधुनिक मान्छे

आधुनिक मान्छे

साधुराम खड्का
काफि हुन्छ

काफि हुन्छ

साधुराम खड्का
चम्चाकाे साँठगाँठ

चम्चाकाे साँठगाँठ

साधुराम खड्का
हाइकुको बथान

हाइकुको बथान

साधुराम खड्का
गाउँ गाउँ जस्तो छैन !

गाउँ गाउँ जस्तो छैन...

सुभाषचन्द्र देवकाेटा
बुढी

बुढी

हेम अधिकारी
अत्यानन्द !

अत्यानन्द !

रामदेव पाण्डे
गणतन्त्र गीत

गणतन्त्र गीत

होम सुवेदी
आदर्श नेता

आदर्श नेता

हृषीकेश बराल
भिडहरू !

भिडहरू !

महादीप पाेखरेल