साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘कविताको मलामी’ विमोचन

Nepal Telecom ad

काठमाडौँ, असोज १७, २०७२ । आज सितापाखा (इमाडोल), ललितपुर (हालको महालक्ष्मी नगरपालिका वडा १७) स्थित कबि कृष्ण प्रधानको निवासमा उहाँको नविनतम काव्यकृति ‘कविताको मलामी’ विमोचन भयो ।

दायित्वका सम्पादक तथा साहित्यकार रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.विष्णुविभु घिमिरे, कृष्ण प्रधानकी चार बर्षिय नातिनी सम्पदा प्रधान, बिनोद अश्रुमाली, रामप्रसाद पन्त, महेश प्रसाई, दिव्य गिरी, ठाकुर शर्मा, ध्रुब मधिकर्मी, किशोर पहाडी, मुरारी सिग्देल, नरेन्द्र राज पौडेल, भाबकेसर बराल, प्रविन जोशी लगायतले संयुक्त रुपमा कृति बिमोचन गर्नुभयो ।

कार्यक्रममा विमोचित् कृतिमाथि कबि महेश प्रसाई र ध्रुब मधिकर्मीले टिप्पणी गर्नु भएको थियो भने बिनोद अश्रुमाली र मुरारी सिग्देलले कविताको मलामी कवितासंग्रहबाट एक एक वटा कविता पाठ गर्नुभयो । प्रमुख अतिथिको आसनबाट डा. घिमिरेले कबि प्रधानको काव्यबारे मन्तव्य व्यक्त गर्दै भन्नु भयो– आजको नेपाली साहित्यमा बिशेष गरेर राम्रो र गहन कविताको अभाव खड्किएको अवस्थामा कवि प्रधानको काव्य कृति प्रकाशित हुनु खुसीको कुरा हो, उहाँको कविता कविता मात्र नभएर विचारयुक्त कविता हो ।

ठाकुर शर्माले कार्यक्रम संचालन गर्नु भएको कार्यक्रम अरु साहित्यिक कार्यक्रम भन्दा फरक र संक्षिप्त थियो । कबि प्रधानको यो समेत कविताको मात्र आठौ कृति हो भने साहित्यिक एघारौ कृति हो । यसका अतिरिक्त आर्थिक विषयका चार कृति पनि प्रकाशित छन् । दायित्व प्रकाशनबाट प्रकाशित यस कृतिमा ४३ वटा कविताहरू छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x