साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुकुण्डो

Nepal Telecom ad

जुन अनुहारलाइ मैले होस सम्हालेदेखि नै चिनेको थिएँ
आज समयले सार्वजनिक गरिदियो त्यो मुकुण्डो रहेछ
जब परिस्थितिले खुल्नै पर्ने बनायो
थाहा भो अनुहार बेचेर मुकुण्डो लगाई रहेको रहेछ
कसले कुन बेला अनुहार फेर्छ
कसले कुन बेला बोली व्यवहार फेर्छ
अनुमान गर्ने गाह्रो
हाम्रो विचार र विकासको प्रतिनिधि भनेर
भोटले जिताएर पठाएको
त्यहाँ पुगेपछि कसको प्रतिनिधित्व गर्छ
मान्छे हुन्छ कि गधा
खसी बोका हुन्छ कि भेंडा
वा अवसर दिए जस्तै हुन्छ
नयाँ नेपालको सही प्रतिनिधि
विश्वास गर्ने गार्हो

मुकुन्डो भनेर नै चिन्न पाएको भए केही भन्नु नै थिएन
उसले त फेरिरहन्छ अनुहार भनेर अनुमान गर्न मिल्छ
खसी बोका भनेरै पठाएको भए पनि
गुनासो गर्नु पर्ने नै थिएन
सक्नेले किनेर लैजान्छ नि भनेर चित्त बुझाउन मिल्छ
हामीले परिचय गर्दा त ऊ जनावर थिएन मान्छे थियो
हामीले संगत गर्दा ऊ असाधारण त्यागी र सरल थियो
यति गन्हाउने कसिंगर होला ऊ भनेर
कल्पना नै गर्न गाह्रो
जुन सिद्धान्तका कुरा गरेर थाक्दैनथ्यो ऊ
त्यो त हामीलाई निशुल्क उसको दास बनाउने
सजिलो साधन रहेछ
जुन अनुहारलाइ मैले होस सम्हालेदेखि चिनेको थिएँ
आज समयले सार्बजनिक गरी दियो मुकुन्ड़ो रहेछ !

११ अक्टोबर २०१५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x