साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘अनुपम’ लोकार्पण

Nepal Telecom ad

काठमाडौं, २६ असोज २०७२ । अनुपम सिर्जना प्रतिष्ठानकोे वार्षिक प्रकाशन ‘अनुपम’–२ को लोकार्पण नाट्यशिल्पी कृष्ण शाह यात्रीले गत मङ्गलबार राजधानीको कलङ्कीस्थित एडमार्क कलेजमा गर्नुभएको छ ।

कृति लोकार्पण गर्दै नाट्यशिल्पी यात्रीले साहित्यको पूर्वाभ्यासका लागि अनुपम महत्वपूर्ण माध्यम बन्न सक्छ भन्नुभयो । ‘अनुपम २ को लोकार्पण भयो, यसै गरी यसका शतांकसम्म निस्कन सकून्’ उहाँले बताउनुभयो । लोकार्पणपछि पुस्तकमाथि बोल्दै कवि एवं पुस्तकका सम्पादक भुवनहरि सिग्देलले अनुपमको दोस्रो अङ्क छोटो समयको उपज हो भन्दै पुस्तकका लागि लेख रचना उपलब्ध गराउनुहुने सबै स्रष्टाहरूप्रति आभार व्यक्त गर्नुभयो । त्यसै गरी पुस्तकका अर्का सम्पादक प्राज्ञ नरनाथ लुइँटेलले पनि आफ्नो मन्तव्यका क्रममा सबै अनुपममा रचना उपलब्ध गराउने सर्जकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
संस्थाका अध्यक्ष पुरुषोत्तमप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. बलदेव शर्मा अधिकारी, डा. जीवन अधिकारी, हरि खनाल, मनमती साहित्य समाजका अध्यक्ष श्रीधर पौडेल, सामाखुसी साहित्य समाजका अध्यक्ष भाग्यशाली अधिकारी, डा.बमबहादुर थापा जिताली, भावकेशर बराल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

लोकार्पित पुस्तकमा डा. लक्ष्मणप्रसाद गौतम, रवीन्द्र समीर, गाउँले बलदेव, विप्लव ढकाल, मनु मञ्जिल, कृष्ण शाह यात्री, प्रभाती किरण, नरनाथ लुइँटेल, भुवनहरि सिग्देल, हरि खनाल लगायतका दर्जनौस्रष्टाहरूका लेख रचनाहरू समाविष्ट छन् । साहित्यका प्रायः सबै विधा समेटिएको ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x