साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन ठट्यौली

Nepal Telecom ad

ठट्यौली– १
एकरात शेरे घर जान बाटोमा उभियो तर कुनै गाडी नरोकिएपछि बिस्तारै आइरहेको एउटा गाडीमा हत्तपत्त चढ्यो, तर गाडी ड्राइभरबिना नै चलिरहेकाले शेरेको हंसले ठाउँ छोड्यो ।

लगभग आधा घन्टापछि गाडी आफैं पेट्रोलपम्पमा रोकियो । शेरे हत्तपत्त गाडीबाट ओर्लियो । एकछिनमा एउटा बूढो उक्त गाडीमा चढ्न आयो ।

शेरे : यो गाडी त आफैं कुद्छ बाजे, यसमा नचढ्नुस्, म त अघिदेखि चढेको, यो गाडीलाई भूतले चलाइरहेको छ ।

बूढाले रन्किँदै शेरेलाई एक झापड हान्यो र भन्यो–
बुढा : पेट्रोल सक्किएर त्यत्रो टाढादेखि गाडी धकेल्दै ल्याएको, गाडीमा तँ पो बसिरा’को थिइस् ?

ठट्यौली– २

ऋषि धमलालाई एकपटक समाचारको खडेरी परेछ, के रिपोर्टिङ गरौं, के रिपोर्टिङ गरौँ भइ’रा बेला बाटोमा उनले ठूलो भीड देखेछन् । भीडको बीचमा कार थियो । कारले कसैलाई हानेजस्तो देखिन्थ्यो तर भीड निकै बाक्लो भएकाले भीड छिचोल्दै भित्र पस्न धमलालाई गाह्रो परेछ ।

‘म ऋषि धमला, हटिदिनुस् त रिपोर्टिङ गर्नुपर्यो’– धमला कराए तर कसैले टेरेनछन् । रिपोर्टिङ त गर्नैपर्यो । धमलाले जुक्ति लगाए । ठूलो–ठूलो स्वरले रुँदै कराउन थाले– ‘यो कारले हानेको मान्छे मेरो बुबा हो, कृपया मलाई अगाडि जान दिनुस्’,

यति सुनेपछि भीडले सट्ट २ चिरा पर्दै धमलाको लागि बाटो बनाइदियो, तर धमला हतार–हतार बीचमा पुग्दा कारको सामु त छटपटाइरहेको गोरु पो लडिरहेको रहेछ ।

ठट्यौली– ३
युवती शेरेलाई एसएमएस गर्दै ।
युवती : प्रिय तिम्रो भरमा म, तिम्रो भरमा
कति बस्नु यो समाजको डरमा ?
आउ बरु मलाई भेट्न मेरो घरमा !

यस्तो एसएमएस पाए पछि शेरे युवतीलाई भेट्न जान्छ, तर ढोकानेर युवतीको बाबुलाई देख्छ, अनि एसएमएस रिप्लाई गर्छ ।
शेरे : नझस्काऊ प्रिय, मेरो मुटुमा आलो घाउ छ,
झ्यालबाट हेर प्रिय, आज तिमीलाई भेट्ने मेरो दाउ छ,
ढोकाबाटै आउने थिएँ तर ढोकानेर तिम्रो बाउ छ !

युवतीले तुरुन्तै एसएमएसबाट जवाफ फर्काई
युवती : खाने मुखलाई जुँगाले छेक्दैन,
साँचो माया अमर हुन्छ कसैले मेट्न सक्दैन
झ्यालबाट किन ढोकाबाटै आऊ प्रिय,
मेरो बाउले आँखा देख्दैन ।

सङ्कलन : चतुरे साइँलो

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x