साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संविधान अरूलाई सोधेर को लेख्दछ ?

Nepal Telecom ad

किन्दैथ्यो जसले त नागरिकता पैसा खन्याई हिजो
थाल्यो बाल्न आज मशाल उसले सत्ता ममा चाहियो
कैल्ये बाल्दछ जीर्ण टायरहरू इट्टा उ बर्साउँछ
नेपाली म हुँ भन्छ मूर्ख तर यै नेपाल तर्साउँछ ।।१।।

आमाकै खुन खान पल्कि सुतले चोक्टा जसै चुस्दछ
छाती प्वाल गरी धसेर मुखले फोक्सो मुटू लुछ्दछ
जस्ले स्वागत गर्छ दुष्ट उसमै सुम्पन्छ आमाकन
त्यस्ता देशमहाँ कपूतहरू भो के हुन्छ माटो भन ।।२।।

जन्मे दुष्टहरू भने मुलुकमा हो राष्ट्र ध्वस्तै हुने
खेदौ दुष्ट यहाँ सबै तरहका यो राष्ट्र जोगाउने
मान्छे भारतका छिरी जुलुशमा नेपालमा खेल्दछ
सीमा पिल्लर सार्छ उत्तरमहाँ मान्छे अझै ठेल्दछ ।।३।।

भन्छन् राष्ट्र सपूतले पनि सदा विस्तारवादी छ यो
गर्दै दाउ मिलाउनै सिकिम झैं ऐले उचाल्दै गयो
खोज्दै मानिस को दलाल छ भनी नारा तयारी दियो
कालो पोति मुहारमा गजवले नाँगै नचाई लियो ।।४।।

उर्लेका अहिले मधेश भरमा देखिन्छ कच्चा युवा
ढीलो हुन्छ मधेश वुझ्छ जहिले त्यो दुष्टको मन्सुवा
खायो उत्तरतर्फ सिक्किम हिजो खैल्दैछ भूटानमा
आँखा गाडिरहेछ हेर अहिले यी सम्म भूभागमा ।।५।।

पाकिस्तानमहाँ प्रहार अति भो राखेर दुष्टैपना
वंग्लादेश खुशी रहन्न नजिकै भोग्दैछ रे वेदना
श्रीलङ्का तरफै त तामिलहरू झारेर क्रोधै लियो
सारै रीस बढेर तामिल उठी राजीव मारी दियो ।।६।।

काँडाझैं किन पो विझाउँछ र खै सारा छिमेकी विच
लोकैतन्त्र विधान मान्छ तर खै देखिन्छ सारै निच
हाम्रा नीव विधान लेख्न उसले खोसेर काँ छेक्दछ
कस्तो लेख्नु विधानमा भनि यहाँ सोधेर को लेख्दछ ।।७।।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x