सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सिस्नुपानीको अध्यक्षमा पुन: गाम्नागे

Nepal Telecom ad

सिस्नुपानी नेपाल हास्यव्यङग्य सदन (२०५५) को पाँचौ साधारण सभा २०७२ मंसिर १ गते काठमाडौमा सम्पन्न भएको छ । पाठशाला नेपालको सभाकक्षमा सम्पन्न साधारण सभामा संस्थाका तत्कालीन महासचिव टङ्कराज आचार्यले संस्थाले हालसम्म गरेका कामहरूको प्रतिवेदन पेश गरेका थिए । कोषाध्यक्ष माणिक रत्न शाक्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए । विगतका कार्यहरूको समीक्षा र आगामी योजनाका बारेमा समेत साधारणसभामा वृहत् छलफल भएको थियो ।

साधारण सभाले आगामी दुई वर्षका लागि लक्ष्मण गाम्नागेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समितिको निर्वाचन गरेको छ । नयाँ कार्यसमितिले सल्लाहकारमा चट्याङ मास्टर, डा.माधव पोखरेल, मोहनराज शर्मा, रोचक घिमिरे, नरनाथ लुइ“टेल, डा. शुष्मा आचार्य र आर.सी. रिजाललाई सल्लाहकारमा मनोनित गरेको छ ।

साधारण सभाले नयाँ कार्य समितिमा अर्जुन पराजुली, धीरेन्द्र प्रेमर्षि र मनोज गजुरेललाई उपाध्यक्षमा निर्वाचित गरेको छ भने महासचिवमा टंक आचार्य निर्वाचित भएका छन् ।

त्यसैगरी उपाध्यक्ष सचिवमा हरिकला उप्रेती, सहसचिवमा सरोज घिमिरे र कोषध्यक्षमा माणिकरत्न शाक्य निर्वाचित भएका छन् । कार्य समितिको सदस्यमा देवीप्रसाद घिमिरे, थरेन्द्र बराल, चक्रपाणि दवाडी, कृष्ण अविरल, शिशिर योगी, कमलीकान्त भेटुवाल र सुमी लोहनी निर्वाचित भएको कुरा महासचिव टंक आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad