साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाइ त्यो सिंहदरबार हल्लियो ?

Nepal Telecom ad

बाँसका भाटा अल्झिएका टिनको टहरोमा सन्तबहादुर आजकल दिन काट्दै थियो । बैशाख १२ गते पछिको दैनिकी यहि पहरो मुनिको टहरोमा बसेर गुजारा गर्नु भएको छ । राहतलाई कुरेर आहत भएको सन्ते अझ असान्त बन्दै थियो । भुँइचालोले जीवन कालो बनाएपछि ऊ टहरोमा बस्न बाध्य थियो । एकै चोटी गल्र्याम्म ढलेको उसको घरमा सानी छोरी र एउटा खसि अनि बाख्री मारिएका थिए ।

दशैं आउँदै गर्दा उसले बिगतका दशैंलाई नियाल्दै थियो । गत बर्ष ढिंडो खाँदा खाँदा वाक्क भएकी उसकी छोरीले दशैंमा टिको लाउने बहानामा ल्याइएको चामलको भात खान पाउने भएपछि खुसीले बुर्कुसी मारेर गाउँमा साथी सँगीलाई घरमा चामल आएको कुरा लाउन गएकी थिई । तर आज घरभित्र राहतका नाममा आएका चामलका बोरा हेरेर पनि सन्ते सन्तुष्ट देखिएको थिएन ।

अर्काको जग्गा मागेर गाउँको कोदोबारी बीचको त्यो घर दुःखजेलो गरेर बनाएको थियो सन्तेले । तर बिडम्बना, उसको लागि महल बनेको त्यो घर एकाएक माटोमा मिल्न पुगेको थियो । उसले भुइँचालो अघि सोच्थ्यो– जमरा राख्ने ठाउँ पनि आफ्नै घर हुन्छ, यै घरको आँगनमा बसेर मज्जाले टिका लाउन पाइन्छ, घरकै खसि ढालिन्छ अनि अब आउने दशैंमा मज्जाले नाचगान गरिन्छ । तर उसका अलिना सपनाहरू कल्पनामा सिमित भएका छन् ।

सरकार पनि भुइँचालो पछि फेरियो । ऊ सुन्थ्यो सहरको धरहरा पनि गर्लम्म लडेको छ रे । अझ दक्षिणका मानिसले नाकाबन्दी लगाएका छन् रे भन्ने गाइँगुइँ पनि सुनेको थियो । त्यसैले होला आलु प्याज चौबर मूल्य हालेर ऊ किन्न बाध्य थियो । ऊ सोच्थ्यो अब घर कसरी बनाउँ, जग्गा पास गर्नु पर्ने रे, वरिपरि बाटो हुनु पर्ने रे । यो अलिक असंभव थियो उसको लागि ।

उसले मलाई सोध्दै भन्यो– भाइ तपाई राजधानी सहरबाट आम्नु भा’को हो ? मैले हो भन्ने स्विकारोक्ति दिएपछि सन्तेले मलाई सोध्यो– भाइ त्यहाँ नेताका घर भत्क्या छन् कि छैनन् हँ ? धरहरा त भत्कियो रे के जाति सिंहदरबार पनि भत्कियो होला है ? मैले सोधें– किन र दाइ सिंहदरबार भत्कियो भन्नु भा’को ? सन्तेले भन्यो– सिंहदरबार भत्किएको भएर होला नि हाम्ले आजसम्म राज्यका नामबाट राहत नपाएको ! हामी जस्ता सुकुम्बासीलाई किन राहत आउँदैन कुन्नी ? भुइँचालो त हामी जस्ता गरीबलाई नआओस् । भन्नु भाइ के सिंहदरबार यो नाकाबन्दीमा र भुइँचालोमा कति हल्लियो ? कि भत्कियो ? यो दशैंमा पनि सिंहदरबारका मान्छे आएनन् भने त पक्कै त्यो सिंहदरबार भत्किएर नै आएनन् भन्ने सोच्नु पर्ला । कि कसो भाइ ?

खै ति सन्ते दाइले एकदम अज्ञानबस भनेका वाक्यहरूले मलाई निकै बाण हानेको झैं बनाई रहेको थियो । त्यतिनै बेला तल्लो गाउँको धनवीरे साहुकोमा चचहुई भनेको आवाज आउँदै थियो तर सन्ते भन्दै थियो– यै पिङ खेल्या झैं हाम्रो घर हल्लिएको थियो, त्यो सिंहदरबार हल्लियो कि हल्लिएन भाइ ? तर म भित्तामा रहेको धरहराको चित्र हेर्दै टोलाई रहें, अनि सिंहदरबारको चित्रलाई कल्पना गर्न थालें । जदौ ।

बेशीसहर न.पा. ७, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
कुर्ने कि घुर्ने ?

कुर्ने कि घुर्ने ?

विश्व विनोद
खादा, माला र अबिर टोलाएको बेला

खादा, माला र अबिर...

विश्व विनोद
देश कहाँ छ त ?

देश कहाँ छ त...

विश्व विनोद
0
Would love your thoughts, please comment.x
()
x