साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यी राजेन्द्र महतोहरू

Nepal Telecom ad

अघिदेखि नै राजेन्द्र महतोहरू आइरहेका छन्
हो वास्तवमा यी राजेन्द्र महतोहरू
अहिले होइन
धेरै पहिलेदेखिनै यहाँ आइरहेका छन्
गाउँ गाउँमा आइरहेका छन्
टोलटोलमा आइरहेका छन्
यता आइरहेका छन्
कति ता यताकै भइसकेका छन्
नभएकाहरू पनि
कमाइ रहेका छन्
कमाएर देशमा उता पुर्याइरहेका छन् ।

हामीले नै उत्पादन गरेको
कोपी पालुङ्गो चम्सुर र धनियाँहरू लिएर
हाम्रै तराइका हामीले नै फलाएका भन्टाहरू लिएर
हाम्रै घर करेसामा उत्पादन गरेको रायोको साग लिएर
करेला फर्सी र लौका टमाटरहरू लिएर ।
एऽऽऽऽऽ चाय गरम एऽऽऽऽऽ चाय गरम
ए झालमुरी लेलो झालुमरी लेलो
ए आजका ताजा खबर लेलो आदि भन्न छोडेर
गाउँ टोल र सहरका कुनाकुनामा पसेर
छाप्छाप्ती भइरहेका छन् ।

साइकल र ठेलामा देखिने महतोहरू
बाइक र कारमा बेपार गरिरहेका छन्
बेपारको बिस्तार गरिरहेका छन्
हाम्रो चेलीबेटीहरूको बेपार गरेर
खाली सिसीवाला महतोहरू
हाम्रा दाजुभाइहरूलाइ समुद्रपारि निकास गरेर
खाडीतिरको ब्यापार गरेर मौलाएका छन्
अब ता कहाँ त्यति मात्र हो र
कोशी र कर्नालीका पानी उतै सारेर
पौरी खेल्न चाहन्छन्
बानेश्वरको सभाभवनामा राज गर्न चाहन्छन्
शितलनिवासमा पनि मठाधीश भएर
आफ्ना प्रभुको इच्छा साकार गर्न चाहन्छन् ।

अब कसको के लाग्छ र
सातसालदेखि नै पसेका महतोहरूले
अब यहाँका हामीहरूलाई
उहीहरूले हिजोसम्म गरेको धन्दा सुम्पन चाहन्छन्
खाली सिसीपुराना बोतल बटुल्ने बनाउन चाहन्छन् ।
मानौ अब हामीहरू उनीहरूकोमा चाय गरम भनेर
विक्री गरेको हेर्न चाहन्छन् ।
हेर्न चाहन्छन् ।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x