साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घोर्लेको बाउ

Nepal Telecom ad

छोरो भन्दा भन्दै
तीन तीन छोरी भए
यसपाली फेरि सुत्केरी भाको छु
घोर्लेका बा
यसपाली त साँच्चै घोर्ले छोरा पाको छु ।

मैले त पुग्यो भनेकै थेँ
तर तिमीले मानेनौ
छोरी पनि छोरा सरी हुन् भन्दा
तिमीले उचित ठानेनौ
तिम्रै जबरजस्तीले फेरि सुत्केरी भाको छु
यसपाली त घोर्लेका बा
साँच्चै घोर्ले छोरा पाको छु ।

घोर्लेका बा
छोरी सरकारी स्कुल गए पनि
यसलाई त
जसरी हुन्छ बोर्डिङ्ग पठाउनु पर्छ
पछि गाह्रो होला
तर अहिलेदेखि नै
दुई चार पैसो जुटाउनु पर्छ
स्वास्थे सेविकाले
तिम्री आमा अगाडि भनेको
छोरो जन्माउने करामत त
लोग्ने मान्छेकै हातमा हुन्छ रे
तर पनि आमा
एउटा नाति दिन नसक्ने भन्दै
मलाई नै कचकच गर्थिन्
कहिले त झम्टन नै अघि सर्थिन्
तर पनि आधुनिक युगकी नारी हुँ
किन डराउँथेँ
छोएको भने मलाई थाह पाउँथिन्
के के गराउँथेँ ।

पढ्न सक्यो भने डाक्टर होला
नभए गाउँकै मास्टर होला
पढ्न सकेन भने
झन पक्कै यो मिनिस्टर होला
तल अक्कले बाजेको छोराहरू
कोही पढेर डाक्टर भाका छन्
कोही पढेर मास्टर भाका छन्
कान्छाले त पढेनन् क्यारे
उनी त झन मन्त्री पो भाका छन् ।

घोर्लेका बा
यो पनि ठुलो भयो भने
देशले रोजगार दिन सक्यो भने
यतै जागिर खाला
नत्र तिमी जस्तै पसिना बेच्न
विदेशतिर जाला ।

दाङ, हालः काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x