साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँकी छ

Nepal Telecom ad

ब्यवस्था फेरियो धेरै अवस्था फेर्न बाँकी छ
अवस्था रहे यस्तै ब्यवस्था फेर्न बाँकी छ ।

घोषणा घोषणा गर्ने रहर कसकसको बाँकी छ ?
क्रान्ति माथि थपि क्रान्ति शहिद थप गन्न बाँकी छ ।

परिवर्तन ल्याए नेताले, नेतामा आउन बाँकी छ
परिवर्तन ल्याए जनताले, जनतामा आउन बाँकी छ ।

परिवर्तन गाउँलेले ल्याए, गाउँमा आउन बाँकि छ
परिवर्तन ल्याए जो जसले त्यस त्यसमा आउन बाँकी छ ।

रगत खुब बह्यो देशमा, पसिना बग्न बाँकी छ
अधिकार खोजे जो जसले, कर्तव्य खोज्न बाँकी छ ।

परिवर्तन सिंह दरबारको, घरबारमा आउन बाँकी छ
बिधि त फेरियो फेरि, प्रविधि फेर्न बाँकी छ ।

विध्यालयबाट उब्जेको सिर्जना फुल्न बाँकी छ
सपना बोकी हिँड्नेले यथार्थ भोग्न बाँकी छ ।

व्यवस्था फेरियो धेरै अवस्था फेर्न बाँकी छ
अवस्था रहे यस्तै व्यवस्था फेर्न बाँकी छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x