सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सुरभिको पुरस्कार घोषणा

Nepal Telecom ad

सुरभि साहित्य प्रतिष्ठानले पुस १८ गते गरेको ६४ औँ आख्यान गोष्ठीमा दुई पुरस्कारको घोषणा गरेको छ । जसमध्ये सुलेख प्रतिभा पुरस्कारबाट लव गाउँलेलाई र सुरभि आख्यान पुरस्कार मनु ब्राजाकीलाई प्रदान गरिने निर्णय भएको छ ।

सुलेख प्रतिभा पुरस्कार वर्षभरि सुलेखमा प्रकाशित कथामध्येबाट उत्कृष्ट एकलाई प्रदान गरिन्छ भने सुरभि आख्यान पुरस्कार देशभरिबाट आख्यानको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका स्रष्टामध्ये एकलाई प्रदान गरिन्छ ।

गत वर्ष सुलेख प्रतिभा पुरस्कार कथाकार कणाद महर्षिले प्राप्त गरेका थिए भने सुरभि आख्यान पुरस्कारबाट गीता केशरी सम्मानित भएका थिए । साहित्यकार विजय चालिसेको संयोजकत्वमा युवराज मैनाली र परशुराम पराशर पुरस्कार छनौट कमिटीमा रहेका थिए । पुरस्कार वितरण प्रतिष्ठानको वार्षिक कार्यक्रम हुने दिन यही माघ १६ गते साहित्य सदन रामहिटीमा हुनेछ ।

कार्यक्रममा गङ्गा पौडेलबाट लिखित दुई बालकथा सङ्ग्र्रह ‘कागले लग्यो कान’ र ‘गुलाफको फूल’ प्रमुख अतिथि नरेन्द्रराज पौडेलले विमोचन गर्नु भयो । कार्यक्रममा एक दर्जन स्रष्टाहरूले कथा वाचन गरेका थिए ।
–रामकुमार पण्डित क्षेत्री

Fitkauli Publication Books comming soon
Nepal Telecom ad