सुलसुलेमाघेसङ्क्रान्ति र कविता वाचन
काठमाडौं पुस ३० (संसाक) । परम्परागत पर्व माघेसङ्क्रान्तिको अवसर पारेर काठमाडौंको गोंगबुँमा झण्डै दुई दर्जन बढी स्रष्टाहरूले घिउ–चाकु र तिलौरी खाँदै कविता वाचन गरे ।
संसाक पाक्षिकले आयोजना गरेको ‘माघेसङ्क्रान्ति र कविता वाचन’ कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले सांस्कृतिक पर्वको अवसरमा साहित्यिक कार्यक्रम कविता वाचन हुनु नयाँ परम्पराको थालनी भएको छ भन्दै हामीले हाम्रो संस्कृति, परम्पराको संरक्षण र सम्वद्र्धन गर्नसकेमात्र हाम्रो पहिचान सुरक्षित रहन्छ भन्ने कुरा बताए । उनले भने ‘हाम्रा संस्कृति र परम्पराहरू अस्पष्ट र अपुरा छन्, हामी सबै मिलेर ती अपूर्णतालाई हटाउने काम गर्नु आवश्यक छ, त्यसको लागि म अफ्नो तर्पmबाट सक्दो प्रयास गर्छु ।’
कार्यक्रममा प्राज्ञ दिनेशराज पन्तले माघेसङ्क्रान्तिको ऐतिहासिक पक्षबारे र डा. सत्यराज थपलियाले यसको धार्मिक तथा सांस्कृतिक पक्षका बारे प्रकाश पारेका थिए । त्यसैगरी डा. शैलेन्दुप्रकाश नेपालले कार्यक्रमको औचित्य र संसाकको बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए भने सामुदायिक सेवा केन्द्रका अध्यक्ष रामकृष्ण सेढाईंले शुभकामना मन्तव्य राखेका थिए ।
सामुदायिक सेवा केन्द्र, गोंगबुँको सभाहलमा आयोजित उक्त कार्यक्रममा कवि रामबाबु सुवेदी, नारायण आचार्य कौशिकी, मणि लोहनी, मणिराज सिंह, कुष्णदेव रिमाल, शशी थापा पण्डित, श्रीधर पौडेल, जगदीश घिमिरे, हरिप्रसाद पाण्डे, उत्तम भेटुवाल र डिल्ली प्रसाद मूलतिउन लगायतले कविता वाचन गरेका थिए ।
त्यसैगरी राधा कार्की, सुदेश सत्याल, चन्द्रा न्यौपाने, भगवती रोका भुमिका, कमला रिसाल ज्योति, द्वारिका थापा कुइँकेल, तारा के.सी., जनार्दन अधिकारी र मुकुन्द न्यौपानेसमेतले कार्यक्रममा आआप्mना रचना सुनाएका थिए ।
उमेश पाण्डेको संयोजनमा भएको उक्त कार्यक्रमको सञ्चालन भैरबी ढुङ्गानाले गरेकी थिइन् ।
Subscribe
Login
0 Comments
Oldest












































