साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाच्न नजान्ने अनि आँगन टेढो ?

Nepal Telecom ad

‘उद्धेश्य के लिनु उडिछुनु चन्द्र एक’ उद्धेश्य मात्र लिएर हुदैन चन्द्रमा छुनलाई उड्नु पर्छ । कुरा चाहिँ ठूला गर्ने अनि प्रयत्न सून्य भएपछि के काम बन्छ र । प्रयत्न गरे असम्भव के छ र । काम कोही नगर्ने, अरुले यसो गर्नुप¥यो उसो गर्नुप¥यो भन्दा हाँसेर उडाएर त हुन्न नि । इन्धन आपूर्ति सहज हुन छाडेको महिनौ भइसक्यो तै पनि गाडी गुडेकै छन् । ग्याँस नपाइएको महिनौं वितिसक्यो तै पनि भात भान्सो चलेकै छ । आँट गरे के नहुँदोरहेछ र । सर्वसाधारणले खाना पकाउने समयमा विजुली आपूर्ति नकाट्ने भनिए पनि जब खाना पकाउने बेला हुन्छ बत्ती झ्याप्प निभ्छ । अब चाहिं सबैको खाना पाकी सक्यो है भन्ने लागेपछि विजुली झुलुक्क झुल्किन्छ । कदाचित राइसकुकर सकेटमानै जोडिएको अवस्था रहेछ भने फेरि झ्याप्प गइहाल्छ । जावो निर्जीव बिजुली त यत्ति धेरै जान्नेबुझ्ने भैसक्यो हामी मान्छे कहिल्यै केही जान्दैनौं, बुझ्दैनौं ।

एकवर्ष भित्र लोडसेडिङ्ग अन्त्य गर्ने, सबैका घरका चुलोमा ग्यासको पाइपलाईन पु¥याईदिने र जनताको दैनिकी सामान्य बनाउने उद्घोष गर्नु भनेको ठूलो कुरो हो । काम त गर्नु प¥यो नि सम्बन्धित स्वयम्ले । विजुली उत्पादनको काम अहिले जुन गतिमा हिँडेको छ त्यही गतिमा हिँडिरहने हो भने, भएका संरचनाहरू पनि गतिहीन हुने हो भने एकवर्षमा सबै बिजुली ठप्प हुन्छ अनि लोड भए पो सेडिङ गर्नु ! जब लोड नै नभएपछि के सेडिङ गर्नु अनि भएन त लोडसेडिङ्ग मुक्त ? त्यसका लागि त आफै चनाखो भएर सौर्य उर्जा जडान गर्नुप¥यो नि घरमा । करोडौंको घर बनाउन सक्ने जाबो दुई लाखको सौर्य उर्जा जडान गर्न नसक्ने ?

हावाबाट पनि त विजुली निकाल्ने उपाय छ त त्यतातिर किन नलाग्ने ? फेरि हाम्रो देशमा हावाको कमि पनि त छैन । जताततै हावैहावा चलेको छ । राजनैतिक हावा, सामाजिक हावा, सरकारी हावा, अन्तर्राष्ट्रिय हावा र प्राकृतिक हावाको समिश्रण गर्दा छ सय एक किलोमिटर प्रति घण्टाको रफ्तारमा आँधि नै चल्छ । हावा प्लाण्टको स्थापना ठाउँ ठाउँमा गर्ने योजना पनि त नभएको हैन नि । काम त धमाधम भै नै रहेको छ । सकारात्मक हुनु प¥यो नि । खाली नकारात्मक मात्र हुने हाम्रो बानीले काम कहिले होला ?

खानेपानीको पाइप सबैको घरघरसम्म पुगेकै छ । हप्ता दश दिनमा एकदिन पानी तुर्किन्छ, बाँकी दिन पाइप खाली हुन्छ । पानीको पाइप ढलको बाटो भएर आएकै छ । त्यही पाइपलाई टु इन वान बनाएर बाँकीको दिनमा ढलको ग्याँस पाइपमा पठाउने प्रविधिको विकास गर्ने हो भने चुलो त के त्यसको बाजे पनि बल्छ । खाली नेताले बोलेको कुरामा हल्ल्ल हाँसेर हुन्छ ? नेता भनेको त बाटो देखाउने मात्र न हुन काम त आफैले गर्नु प¥यो नि । काम भुत्लोभाङ्ग केही नगर्ने अनि हल्ला मात्रै गरेर केही हुन्न । ‘नाच्न नजान्ने अनि आँगन टेढो’ । नाच्न जान्नेलाई ठाउँ कुठाउँ कहींको दर्कार हुन्न । घिन्ताङ्ग घिन्ताङ्ग मादल बजायो छम्छम् नाच्यो । नाच्न नजान्नेलाई मादल जति राम्रो तालमा बजाए पनि केही लाग्दैन । तालमा चाल मार्न सक्नु छैन ताल मिलेन भन्यो सकियो । अझ उस्तै प¥यो भने आँगन मिलेन टेढो भो भनेर टार्ने गर्छन् । त्यसैले नाच्न जान्नु प¥यो आँगन सोझो टेढो जस्तो भए नि नाचिन्छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x