साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो काँध

Nepal Telecom ad

मैले बोकेर ल्याएँ त्यो पहिलो गाडी
जस्ले बोक्यो महाराजहरू
म चितलाङको एक भरिया
मेरो के नाम हुनु
गाडीको हुन्छ आफ्नो ब्राण्ड
मेरो के पहिचान हुनु
म जन्मेदेखि नै किचिएको छु
बोकेर
मैले नलिएको ऋणको भार
म बेहोसी मैं बरबराइ रहेको छु
लागेर
मैले नपिएको नशाको मात
मेरो नाममा कसकसले सहिछाप गरे
मलाइ थाहा छैन
मेरो काँधमा के के पोको पारेर राखिएको छ
मलाइ थाहा छैन
एक बड्को जाँड र
एक घुट्को कोदोको रक्सी हो
मैले पिउने
मेरो जीवन कसले चुसीरहेछ
मलाई थाहा छैन
कसले मेरो अध्ययन गरी रहेछ
कसले मेरो अनुसन्धान गरी रहेछ
मेरो उत्थानका नाममा
म माथि को चढी रहेछ
मलाई थाहा छैन
सबै कुरा बोक्न सक्ने मेरो काँधमा
जस्ले चढ्यो
उसले किन इर्श्या गरी रहेछ
मलाई थाहा छैन ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x