साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डस्टबिन भोको भएपछि

Nepal Telecom ad

एक दिन बिहानै
झोलामा फोहर हाली
फर्कदैथेँ डस्टबिनमा फुत्त फाली
डस्टबिनले भन्यो
ओइ मान्छे ?
मिठा मिठा खाने कुरा आफ्नो पेटमा हाल्ने
मेरो छेउ आएर पनि मेरो भुँडीमा नहालेर
किन टाढैबाट फुत्त फाल्ने ?
कस्तो लुते मान्छे तिमी
झोलामा बोकी ल्याएर पनि मुखमा हाल्न नसक्ने
दुई चार कदम सरेर मेरो भुँडीमा फाल्न नसक्ने
हात भएको भए सब उठाएर खान्थेँ
खुट्टा भएको भए तिम्रो ढोकैमा जान्थेँ
तिमीले फालेका बोक्राहरू
कसिङ्गरले भरिएका धोक्राहरू
पाइन्छ कि भनी यसरी पर्खि पर्खि बस्या छु
तर तिमी जस्ता मान्छेले गर्दा
कति दिनदेखि भोक भोकै फस्या छु
तिम्रो घर सफा गर्ने भनी चाइनाबाट आको छु
तर के गर्ने झन उल्टो दुख पाको छु
रस रस तिमी खाऊ छोक्रा मलाई देऊ
फलफूल तिमी नै खाऊ बोक्रा मलाई देऊ
चामल दाल तिमी नै खाऊ धोक्रा मलाई देऊ
नयाँ नयाँ आफै राख थोत्रा मलाई देऊ
हप्तौँ भईसक्यो कुनै खाना खाको छैन
भन तिम्रो घरको फोहर कहाँ जान्छ
कति दिन भो यता आको छैन
घरमै फोहर थुपारेर यसरी आफै पो खाउला जस्तो
एक दिन डस्टबिन भएर मसँगै पो आउला जस्तो
तिमी यही बाटो हिँड्दा
कहिले केरा खाँदै फुत्त दायाँबायाँ फाल्ने
कहिले सुन्तला खाँदै फुट्पाथमै फाल्ने
ओइ मान्छे भन त
अब त्यो मेरो भुँडीमा हाल्ने कि नहाल्ने ?
घरकै कुना बसेको डस्टबिनको मुखमा त
एक मुठी धुलो झर्दैन
सरकारको सर्सफाइ अभियानले पनि
यो मान्छेलाई केही गर्दैन
घरमै फोहर थुपारी रहने
कतै तिमी त सुँगुर पो हौ कि
घरमै डम्पिङ साइड बनाउने
आफै फोहरको डुङ्गुर पो हौ कि
मलाई भोकभोकै यसरी राख्छौ भने
अब तिमीलाई अन्तर्राष्ट्रिय मुद्दा हाली दिन्छु
नत्र जसले जसले फोहर मेरो मुखमा हाल्दैन
सबै फोहर उसको घरमै फाली दिन्छु ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x