साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डा.धितालको ‘उज्यालाका बीउ’ सार्वजनिक

Nepal Telecom ad

काठमाडौं, ०७२ माघ ११ । डा.सरोज धितालका समयसामयिक लेखहरूको सङ्ग्रह ‘उज्यालाका बीउ’ सार्वजनिक भएको छ । जनस्वास्थ्य सरोकार ट्रष्ट अन्तर्गतको काठमाडौं मोडल अस्पतालमा कार्यरत डा.धितालको पुस्तक उहाँको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको हो ।

प्रज्ञा प्रतिष्ठानमा सोमबार आयोजित कार्यक्रममा डा.धितालकी ८२ वर्षीया आमा चूडाकुमारी धितालले यो पुस्तक सार्वजनिक गर्नुभयो । कृति सार्वजनिक गर्दै उहाँले छोरा डा. धिताल सधैं सधैं निरन्तर उज्यालो बाँड्न सकिहून् भनेर आशिरवाद दिनु भएको थियो

धितालका ५४ वटा समसामयिक लेखहरूको सङ्ग्रह ‘उज्यालाका बीउ’ माथि टिप्पणी गर्दै युवा अभियन्ता रन्जु दर्शनाले युवाहरू नै उज्यालोको बीउ भएको बताउनु भयो । उहाँले डा.धितालले आफ्ना रचनाहरूमा युवाहरूको अवस्था, क्षमता र सम्भावनाबारे सटीक तर्क प्रस्तुत गरेको बताउनु भयो ।

डा.अर्जुन कार्कीले पुस्तकमा समाजका बेथितिहरू विरुद्ध परिवर्तनको खोजी भएको बताउनु भयो । चिकित्सा विज्ञानका कठिन शब्दहरूको समेत सहज रुपमा सर्वसाधारणलाई अर्थ बुझाउँदै समाजसँग तुलना गर्न डा.धिताल सिद्धहस्त भएको टिप्पणी गर्नुृ भयो ।

साहित्यकार शारदा शर्माले सङ्ग्रहमा रहेका प्रत्येक लेखले उज्यालोको आशा देखाएको बताउनु भयो । लेखहरूको भाषा काव्यिक र सरल भएको उहाँले बताउनु भयो ।

डा.धितालको यो तेस्रो कृति हो । यसअघि कविता सङ्ग्रह ‘आंसु र उत्सव’ प्रकाशित छ भने जापानी लेखक तेच्चुको कुरियोनागीको चर्चित पुस्तक ‘तोत्तोचान’ को पनि सफल अनुवाद गर्नु भएको छ । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३७५ रुपैंयाँ छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x