साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिजुलीको बैँस

Nepal Telecom ad

भन्छन् दोस्रो जलमय धरा विश्वमा देश हाम्रो
औँसीको झैँ तिमिर छ सधैँ लाग्छ धेरै नराम्रो ।
सुत्दा उठ्दा घरतिर हुँदा भेट नै हुन्न कत्ति
आयो केही धिपधिप गर्यो गैगयो फेरि बत्ती ।।

हावाबाटै विपुल बिजुली बाल्छ सर्वोच्च मन्त्री
सुन्दा काँप्छन् गफ अति ठुला उम्लिई शान्त तन्त्री ।
‘हावा’ लाग्छन् कतिपय कुरा लाग्छ ठट्टा गरेझैँ
देख्ता यस्तो असहज प्रथा लाग्छ ज्यूँदै मरेझैँ ।।

जोगी आए फरक तर ती मात्र कानै चिरेका
मागे, भागे तर पनि सधैकक देशवासी पिरेका ।
मर्दै गर्दा गरिब जनता भ्रष्टले गन्छ नोट
दिन्छन् नेता हरतरहले भोट मागेर चोट ।।

आऊ चाँडै नबन बिजुली चञ्चल त्रास बढ्ला
नेताको झैँ सकल जनतामा अविश्वास बढ्ला ।
वाचा बिर्सीकन समयको चट्ट चाँडो नजाऊ
आए केही पल बस यता या त कैले नआऊ ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x