साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँझमा रेल यात्रा

Nepal Telecom ad

१. ओरालो झरिसकेको घाम
टाउको उठाएर हेर्दैछ पहाडलाई
सोच्दै होला
भोलि बिहानसम्म यी बस्तीहरू
कसरी बाँच्लान् अँध्यारोमा ?
तर किरणहरू पालेर बसिरहेछ आकास
मानौँ आकास किसानको भकारी हो
मिलसम्म लान
केही उज्यालो अझैँ बाँकि छ भकारीमा ।
(रात झर्नुअघि सधैँ यसरी नै
उज्यालोको अनिराल टार्छ आकासले ।)
धरतीले घाम छेके पनि
साँझमा
आकासले उज्यालो राख्छ धरतीलाई ।

२. ताल परेका खेतहरूमा
सायद दिनभरी पौडिए होला घाम
र थाकेर मस्त
यसरी धानका गाँजहरूमा सुतिरहे होला !
अँध्यारो फन्फनी घुमिरेछ रेलको पाङ्ग्र्रामा
सम्मुखमा छ कवि निमेष निखिल
सोच्छु–
कवि निमेष पनि त एउटा घाम हो
जो जीवनको गाँजमा पौडिदै अल्झिएर
वा अल्झिँदै पौडिएर
उमेरको नदी बगिरहन्छ ।

३. झ्यालबाट हेर्छु
आकास कपासै कपासको फाँटजस्तो देख्छु
बादलका हलगोरू जुवामा बाँधेर
बादलको बाउसोले छेउकुना खनेर
सायद चराहरूले कपास फलाए ।
दुर्भाग्य !
तल धरतीमा किसानहरू
हिउँदभरि
न्यानो नपाएर छट्पटाइरहनेछन् ।

४. दिनभरिको गर्मीले बाफिएको छ धरती ।
यो साँझमा चराहरू
चुच्चोमा तातो हावा भरेर
गुँड फर्किएका छन् ।
र सपनाको बिउ छरेर खेतमा
लखतरान
गोरु खेद्दै घर फर्किएका छन् किसानहरू ।

नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सर्दी

सर्दी

भूपिन खड्का
लज्जा !

लज्जा !

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
सुकुम्बासी सुर्ता

सुकुम्बासी सुर्ता

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x