सुलसुलेशङ्कर लामिछानेको परिचर्चा
काठमाडौं, २०७२ माघ १० । साहित्यकार शङ्कर लामिछानेको ४० औं पुण्यतिथिका सन्दर्भमा काठमाडौंमा एक परिचर्चा कार्यक्रम सम्पन्न भयो ।
शङ्कर लामिछाने निबन्ध समाजद्वारा आयोजित कार्यक्रममा अतिथि वक्तात्रय निबन्धस्रष्टा प्रा.तेजेश्वरबाबु ग्वंग, साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश सायमी र लामिछानेका निबन्धमा विद्यावारिधि गर्नुभएका डा.जीवलाल बस्यालले शङ्कर लामिछानेको साहित्यिक योगदान र बहुआयामिक व्यक्तित्वबारे चर्चा गर्नुभयो ।
समाजका उपाध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ रोदनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रीओम श्रेष्ठ रोदन, सदस्यसचिव यादव भट्टराई र सदस्य मिङ्मा शेर्पाले लामिछानेको योगदान एवम् समाजको गतिविधिबारे बोल्नुभएको थियो ।
कार्यक्रममा समालोचक एवम् निबन्धकार प्रा.गोपीकृष्ण शर्मालगायत निबन्ध साहित्यका विशिष्ट स्रष्टाहरूको उपस्थिति रहेको थियो । समाजले नेपाली निबन्धका क्षेत्रमा योगदान गर्ने वरिष्ठ र युवा सर्जकहरूलाई “शङ्कर लामिछाने निबन्ध पुरस्कार“बाट पुरस्कृत गर्दै आएको छ ।
Subscribe
Login
0 Comments
Oldest












































