साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मादलुमा….

Nepal Telecom ad

मादलुमा गुञ्जिदैनन्, रोदीघर भो खाली
झरे सारा फूलहरू, रित्तो भयो डाली ।

काका बिते खैजडीमा, माकुरीको जालो
आइते दाजु विदेशिए, डम्फु भयो कालो ।
कृष्ण दाजु थला परे, मारुनीका माली
झरे सारा फूलहरू, रित्तो भयो डाली ।

चित्र हेर्ने बेला भयो, गुनियाँ र चोली
दौरासुरुवाल एकादेशको, कथा बन्छ भोलि ।
ठूला मान्छे बन्ने भाछौं, परिचय फाली
झरे सारा फूलहरू, रित्तो भयो डाली ।

२०६८, असोज १५
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x