सुनिता सापकोटाठोक्तकै ठोक्तक
१.
सज्जन भनौं भने ऊ नामर्द रहेछ
छोडेको यो मुटुमा चोट दर्द रहेछ
उपहार मलाई पठाएको हेरेँ आज
सजिएको खामको भित्र कर्द रहेछ ।
२.
तिम्रो निम्ति तन, मन, जीवन दिन्छु भन्थ्यो
अनि मुटु, धड्कन, मान्दै धन दिन्छु भन्थ्यो
आज मागेँ एउटा कुरा हिँड्यो तर्किएर फेरि
हिजोसम्म ढुकढुकीमै आसन दिन्छु भन्थ्यो ।
३.
मेरो सङ्गत गर तिम्रो म चोट फेर्दिन्छु
पीडा फाली खुसी फल्ने बोट फेर्दिन्छु
अझै पनि बिश्वास नलागेको भए हेर
तिम्रै अगाडि पृथ्वीको बनोट फेर्दिन्छु ।
४.
आज गल्ती कतै पनि म नपसी भएछ
साच्चै बाहिर हैन घरमै बसि बसि भएछ
भन्दैथ्यो ऊ फेसबुकको चक्करमा लाग्दा
पकाएको खाना सब डढेर मसि भएछ ।
५.
भएर मन नि उकुसमुकुस बदलिन्छ
अनि बिचारसँगै महसुस बदलिन्छ
नपत्याए एक पटक हेर्नोस् महासय
फेसबुकमा नारी बन्दै पुरुष बदलिन्छ ।
भोजपुर
Subscribe
Login
0 Comments
Oldest








































