साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जमाना

आधुनिक भयौँ हामी पुरानो दिन मेटियो जमाना फेरियो भन्छन् बत्तीले बिर्सियो दियो। आयात मात्र छन् धेरै खै त निकास के भयो ? आफ्नो संस्कृति मासेर हाम्रो विकास के भयो ?

Nepal Telecom ad

सुनिता सापकाेटा :

पाहुना आउँदा आगो खुसीले भर्भराउँथ्यो
बढ्थ्यो आत्मियता आफैं फुलेर मग्मगाउथ्यो।
बालीद्वारा सिगारिन्थे उहिले खेतका गह्रा
अहिले खेत बाँझो भो मान्छे सिँगार्छ चेहरा ।

रित्ता हुँदैनथे गाग्री, कुवाले भर्न पाउँथ्यो
भाका हालेर पाखाले असारे गीत गाउँथ्यो।
खुसीका फुल्दथे गुच्छा बालीले फल्न पाँउथ्यो
आमा देख्दा स्वयं धर्ती बाँझो बस्न डराउँथ्यो।

सिलौटो पिस्दथ्यो पीडा मसलाभित्र के गरि ?
बारीको बासना चल्थ्यो भान्साभित्र सधैंभरी
थाले बिर्सन बच्चाले हुर्किएपछि कोकरी
विदेशिए ढिकी जातो गाउँ नै बिर्सने गरी।

आधुनिक भयौँ हामी पुरानो दिन मेटियो
जमाना फेरियो भन्छन् बत्तीले बिर्सियो दियो।
आयात मात्र छन् धेरै खै त निकास के भयो ?
आफ्नो संस्कृति मासेर हाम्रो विकास के भयो ?

०००
चरम्बी, भाेजपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

आयात पर संस्कृति निर्यात जनशक्तिको ।
जननीको घट्यो माया पितृभक्ति बिलुप्त भो ।।

Nepal Telecom ad
हिजोभन्दा देश कति फरक

हिजोभन्दा देश कति फरक

सुनिता सापकोटा
बजेट

बजेट

सुनिता सापकोटा
बहुमतको जीत हुँदैन 

बहुमतको जीत हुँदैन 

सुनिता सापकोटा
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x