साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टोयलेट मोड़ (१४)

अन्त त्यो जस्तो ठूलो शहीदको आँसुको पिरोलाइ अरू के हुन सक्छ र ? (फेरि शहीद प्रशंसाको नारा सुनिन्छ। यो नारा सुनेर भाष्कर र पुष्करलाई भाउन्ना छुट्छ) ।

Nepal Telecom ad

कृष्ण प्रधान :

टोयलेट मोड़ १३ को अन्तिम अंश

भाष्कर : सबै चाबीले चल्ने गुड़ियाहरू… (नारा यथावत् सुनिन्छ। नाराको आवाज मञ्चमा जति नजिकिँदै आउँछ उति उति भाष्कर र पुष्करलाई भाउन्ना छुट्छ। दुवै एकैसाथ नाराको आवाज आए तर्फ हेर्दै…दर्शकदिर्घाकै अघिल्तिर उभिएर चिच्याउँछ) बन्द गर्….बन्द गर्…। (पुनः मुर्कुट्टामा परिणत हुन्छन् )।

बले : (उनीहरूको रूप देखेर कहालिँदै) ठैट मोरा हो! रड्डी नगर न प्लिज….

मञ्च विस्तारै अँध्यारो हुन्छ। क्रमशः

बले : (उनीहरूको रूप देखेर कहालिँदै) ठैट मोरा हो! रड्डी नगर न प्लिज….

मञ्च विस्तारै अँध्यारो हुन्छ।

भाष्कर : अफकोर्श। मलाई खाने बाघले तँलाइँ पनि खान्छ हजूर।

टोयलेटबाबु कसरी ?

भाष्कर : कसरी र ! हेर्नू…बन्दुककको गोलीले मेरो गिदी छरपष्ट भयो। तिम्रो पुष्कर…

पुष्कर छाती भ्वाङ्ङै।

भाष्कर : हाम्रो लागि एउटै बन्दुकको गोली काफी थियो। गोली लाग्यो…दङ्गै भूइँमा लोट्यौं। एकक्षण छटपटियौं। त्यसपछि शेष…सब शेष। होइन ता ?

पुष्कर : राइट! राइट। देख्ने जत्ति सबैलाई थाहा छ हामीलाई गोली लागेको…हामी छटपटिएको…

टोयलेटबाबु  :तर शहीदका आँशुले पिरोलिएकाहरू सबै सही सलामत छन्।

भाष्कर : के को सही सलामत टोयलेटबाबु। एके फोर्टी सेभेन भनेको छर्राले जीउभरि बटङटङ् भेटेर दिनभरि रातभरि छटपटिनु परेको अवस्था छ अहिले ती कौड़ेहरूको। अन्त त्यो जस्तो ठूलो शहीदको आँसुको पिरोलाइ अरू के हुन सक्छ र ? (फेरि शहीद प्रशंसाको नारा सुनिन्छ। यो नारा सुनेर भाष्कर र पुष्करलाई भाउन्ना छुट्छ)।

बले : फेरि के हो नारा फ्लाक्ने ?

टोयलेटबाबु : चाबीवाला गुड़ियाहरूको चाबी चलायो होला शायद। (नेपथ्यतिर हेर्दै) बन्द गर….

भाष्कर : ढाँट शहीद प्रशंसा बन्द गर।

पुष्कर : (जम्ले हात गरी दर्शकवर्गलाई अनुरोध गर्दै) जानोस् तपाईंहरू प्लिज। प्लिज बाहिर गएर चाबीवाला गुड़ियाहरूलाई यो ढाँट शहीद प्रशंसा तुरून्तै बन्द गर्न लाउनोस्। (नारा यथावत् सुनिन्छ)।

भाष्कर : (हात जोड़्दै) प्लिज उठ्नोस् त्यहाँबाट…

पुष्कर : (मरिमरि हाँस्दै) उठ्न सक्नुहुन्ना तपाईंहरू त्यहाँबाट। अहँ…उठ्न सक्नुहुन्ना…(नारा यथावत् सुनिन्छ)।

भाष्कर : सबै चाबीले चल्ने गुड़ियाहरू… (नारा यथावत् सुनिन्छ। नाराको आवाज मञ्चमा जति नजिकिँदै आउँछ उति उति भाष्कर र पुष्करलाई भाउन्ना छुट्छ। दुवै एकैसाथ नाराको आवाज आए तर्फ हेर्दै…दर्शकदिर्घाकै अघिल्तिर उभिएर चिच्याउँछ) बन्द गर्….बन्द गर्…। (पुनः मुर्कुट्टामा परिणत हुन्छन् )।

क्रमशः

०००

सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
झण्डी

झण्डी

कृष्ण प्रधान
0
Would love your thoughts, please comment.x
()
x