कृष्ण प्रधानटोयलेट मोड़ (१४)
अन्त त्यो जस्तो ठूलो शहीदको आँसुको पिरोलाइ अरू के हुन सक्छ र ? (फेरि शहीद प्रशंसाको नारा सुनिन्छ। यो नारा सुनेर भाष्कर र पुष्करलाई भाउन्ना छुट्छ) ।

कृष्ण प्रधान :
टोयलेट मोड़ १३ को अन्तिम अंश
भाष्कर : सबै चाबीले चल्ने गुड़ियाहरू… (नारा यथावत् सुनिन्छ। नाराको आवाज मञ्चमा जति नजिकिँदै आउँछ उति उति भाष्कर र पुष्करलाई भाउन्ना छुट्छ। दुवै एकैसाथ नाराको आवाज आए तर्फ हेर्दै…दर्शकदिर्घाकै अघिल्तिर उभिएर चिच्याउँछ) बन्द गर्….बन्द गर्…। (पुनः मुर्कुट्टामा परिणत हुन्छन् )।
बले : (उनीहरूको रूप देखेर कहालिँदै) ठैट मोरा हो! रड्डी नगर न प्लिज….
मञ्च विस्तारै अँध्यारो हुन्छ। क्रमशः
बले : (उनीहरूको रूप देखेर कहालिँदै) ठैट मोरा हो! रड्डी नगर न प्लिज….
मञ्च विस्तारै अँध्यारो हुन्छ।
भाष्कर : अफकोर्श। मलाई खाने बाघले तँलाइँ पनि खान्छ हजूर।
टोयलेटबाबु कसरी ?
भाष्कर : कसरी र ! हेर्नू…बन्दुककको गोलीले मेरो गिदी छरपष्ट भयो। तिम्रो पुष्कर…
पुष्कर छाती भ्वाङ्ङै।
भाष्कर : हाम्रो लागि एउटै बन्दुकको गोली काफी थियो। गोली लाग्यो…दङ्गै भूइँमा लोट्यौं। एकक्षण छटपटियौं। त्यसपछि शेष…सब शेष। होइन ता ?
पुष्कर : राइट! राइट। देख्ने जत्ति सबैलाई थाहा छ हामीलाई गोली लागेको…हामी छटपटिएको…
टोयलेटबाबु :तर शहीदका आँशुले पिरोलिएकाहरू सबै सही सलामत छन्।
भाष्कर : के को सही सलामत टोयलेटबाबु। एके फोर्टी सेभेन भनेको छर्राले जीउभरि बटङटङ् भेटेर दिनभरि रातभरि छटपटिनु परेको अवस्था छ अहिले ती कौड़ेहरूको। अन्त त्यो जस्तो ठूलो शहीदको आँसुको पिरोलाइ अरू के हुन सक्छ र ? (फेरि शहीद प्रशंसाको नारा सुनिन्छ। यो नारा सुनेर भाष्कर र पुष्करलाई भाउन्ना छुट्छ)।
बले : फेरि के हो नारा फ्लाक्ने ?
टोयलेटबाबु : चाबीवाला गुड़ियाहरूको चाबी चलायो होला शायद। (नेपथ्यतिर हेर्दै) बन्द गर….
भाष्कर : ढाँट शहीद प्रशंसा बन्द गर।
पुष्कर : (जम्ले हात गरी दर्शकवर्गलाई अनुरोध गर्दै) जानोस् तपाईंहरू प्लिज। प्लिज बाहिर गएर चाबीवाला गुड़ियाहरूलाई यो ढाँट शहीद प्रशंसा तुरून्तै बन्द गर्न लाउनोस्। (नारा यथावत् सुनिन्छ)।
भाष्कर : (हात जोड़्दै) प्लिज उठ्नोस् त्यहाँबाट…
पुष्कर : (मरिमरि हाँस्दै) उठ्न सक्नुहुन्ना तपाईंहरू त्यहाँबाट। अहँ…उठ्न सक्नुहुन्ना…(नारा यथावत् सुनिन्छ)।
भाष्कर : सबै चाबीले चल्ने गुड़ियाहरू… (नारा यथावत् सुनिन्छ। नाराको आवाज मञ्चमा जति नजिकिँदै आउँछ उति उति भाष्कर र पुष्करलाई भाउन्ना छुट्छ। दुवै एकैसाथ नाराको आवाज आए तर्फ हेर्दै…दर्शकदिर्घाकै अघिल्तिर उभिएर चिच्याउँछ) बन्द गर्….बन्द गर्…। (पुनः मुर्कुट्टामा परिणत हुन्छन् )।
क्रमशः
०००
सिलिगुड़ी (भारत)
Subscribe
Login
0 Comments
Oldest





































