साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (४२)

जान्दछु प्रहरीलाई ढुङ्गा हानेर उफ्रिन घुसपैठ भयो भन्छु सत्य बोल्नु पर्‍यो किन । जिन्दा मुर्दा दुवैवाद चर्कोचर्को अझै भन आन्दोलन उरालिन्छ मासिन्छ देशको धन।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

देश बिग्र्यो भनेदेखि मरेकाटे म बोल्दिन
कसरी ढुकुटी रित्तो भयो रहस्य खोल्दिन ।५४१

महिनामा सकेसम्म तीन हप्ता विदेशिन
अनेकौं बाहना गर्छु पराईसँग टासिन ।५४२

मैले गर्दा सबैकाम हुन्छन् कानुन सम्म्त
उल्टो कर्मतिरै ज्यादा बढाउँदैछु हिम्मत ।५४३

बाङ्गा कर्महरू गर्दा लाग्छ साह्रै रमाइलो
यही मौका मिलाएर भुँडी पार्दछु पोटिलो ।५४४

दीनदुखीहरू देखे भन्छु माथि उठाउँछु
तिनैका नाममा फाँको मार्न अन्न जुटाउँछु ।५४५

चैत बैशाखमा भन्छु माघमा काम्न दिन्न म
माघमा खोज्छ जो न्यानो चैत लाग्दा उसिन्छु म ।५४६

दाजुभाइ, बुवाआमा, दिदी र बहिनीसँग
जोड्छु चुनावमा नाता म जस्तो कोछ सज्जन ।५४७

हारेर हारनै खान्न कुनै अत्तो लगाउँछु
कुर्सी गुम्छ भनी राँको हत्तपत्त जगाउँछु ।५४८

सत्ताको स्वादमा भुल्ने चोरबाटो चियाउँछु
कसरी उक्लिने माथि भन्ने जुक्ति खियाउँछु ।५४९

सिँगौरी जोडले खेल्छु जेजे भेट्छु ढलाउँछु
बाटो थुन्छु सीसा फोर्छु गाडीसाडी जलाउँछु ।५५०

किन्दै मान्छे जुटाएर नाराबाजी गराउँछु
न्वारानैदेखिको चर्को स्वर झिक्तै कराउँछु ।५५१

खेताला थपडी ठोक्छन् उफ्रिदै बोल्न थाल्छु म ।
बिरोधिको जुठो थालै खोस्ने आँट निकाल्छु म ।५५२

शान्ति, स्वतन्त्रता, क्रान्ति भन्दै मैहुँ निमोठिने
सोझा उचाल्नका निम्ति बेपत्तासँग जोसिने ।५५३

जान्दछु प्रहरीलाई ढुङ्गा हानेर उफ्रिन
घुसपैठ भयो भन्छु सत्य बोल्नु पर्‍यो किन ।५५४

जिन्दा मुर्दा दुवैवाद चर्कोचर्को अझै भन
आन्दोलन उरालिन्छ मासिन्छ देशको धन।५५५
क्रमशः

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

…खेताला थपडी ठोक्छन् उफ्रिदै बोल्न थाल्छु म ।
बिरोधिको जुठो थालै खोस्ने आँट निकाल्छु म ।…गज्जब! गज्जब!!

Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

गज्जब गज्जब

Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
2
0
Would love your thoughts, please comment.x
()
x