साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बहुमतको जीत हुँदैन 

Nepal Telecom ad

आमा भन्नुहुन्छ बहुमतको जीत हुन्छ, height=
म यो मान्दिन कि बहुमतको मात्रै जित हुन्छ भनेर,
आमाका हरेक कुरा मान्ने म आज यो आकाशलाई देखेर {{read_more}}
एउटै कुरामा घमण्ड गरिरहेछु र भनिरहेछु,
आमा बहुमतको जीत हुने भए
औँसीको दिन
किन करोडौं तारा उदाउँदा पनि 
एउटा जूनको अभाव मेटाउन सक्दैनन् ?, 
किन एउटा जूनले दिने उज्यालो 
करोडौं ताराहरू मिलेर दिन सक्दैनन् ?

आमा मेरो प्रश्न सुन्दासुन्दै 
मौनताको निकै गहिरो तलाउमा खस्नुभयो,
मैले यसरी निकाल्न खोजेँ आमालाई ।

आमा, 
ताराहरू धेरै छन् तर यिनीहरूको बिचार मिल्दैन,
करोडौं ताराहरू एक हुँदा 
जूनको उज्यालो आउन सक्थ्यो होला तर 
यी ताराहरू कहिल्यै एक हुन सकेनन् 
त्यसैले हो
एउटै जूनले दिने उज्यालो 
करोडौं ताराहरूले दिन नसकेको ।

आमा हजुर किन बुझ्नुहुन्न कि,
हाम्रो देश पनि बहुमतको पछि लागेकै कारण 
अन्धकार भएको हो भनेर ?
हाम्रो देशको आकाशबाट जून हराएको छ,
त्यसैले त अँध्यारोमा गुज्रिएको छ देश,
आमा !
यदि बहुमतको जीत हुने भए 
हाम्रो देशको आकाशबाट एउटा जून हराउँदा
किन उज्यालो दिन सकेनन् यी ताराहरूले ?
किन अन्धकार भयो देश ?
एउटा जून हराउने बित्तिकै ।

आमा हजुर बहुमतको पछि नलाग्नुहोस्
देश बहुमतकै कारण बिग्रेको हो,
यी करोडौं ताराहरू मिलेर 
देश उज्यालो बनाउन सकेनन् 
देश उज्यालो बनाउन जून नै उदाउनु पर्छ ।
जूनको अभाव ताराले मेटाएनन् ।
आमा !
त्यसैले त म भन्छु बहुमतको जीत हुँदैन भनेर ।

भोजपुर 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जमाना

जमाना

सुनिता सापकोटा
हिजोभन्दा देश कति फरक

हिजोभन्दा देश कति फरक

सुनिता सापकोटा
बजेट

बजेट

सुनिता सापकोटा
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x