साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुलेको जवानी

Nepal Telecom ad

बाँच्नुपर्छ जीवन सबले बनी लाँकुरी
बाँच्नु हुन्न जीवन कहिल्यै बनी माकुरी ।

आफ्नो जालो आफैं बुनी फेरि खानुहुन्न 
चौतारीको शितल खोज्दा ज्यानै जानुहुन्न 
विना श्रम पसिनाको कमाइ विष हुन्छ
जीवन बाँच्ने शब्द पानी मान्छे आफैँ थुन्छ ।

आफ्ना ठान्न सके चोखो शब्द आफै बोल्छन्
हृदयका मीठा धुन ओठबाटै खुल्छन्
मान्छे जति सधैं भन्छन् बनूँ बाँसुरी
विश्वासमा पैह्रो जाँदा बन्छन् माकुरी ।

गम्न खोजे सपनाको जीवन मधुर प्याला
बाँच्न खोजे नजरको दिनभरको ज्याला
ज्याला हेरि हाँस्नुपर्ने जीवन सपना
प्याला हेरि पिउनुपर्ने जीवन विपना ।

न्यानो न्यानो मुटुभित्र गीतहर गाउँदै
आँखाभरि छातीभरि प्रीतहरू लाउँदै 
किरणका झल्कासँगै त्यही मानिस हाँस्छ 
सधैभरि धर्तीलाई पुजेर जो बाँच्छ ।

सङ्घर्षका कोटि पाइला मान्छे हुन बाँचे
धर्ती–आकाश एकै पारी इन्द्रेणी भै नाचे 
सूर सुधा जगाउँदैछ जीवन कहानी 
कोपिला भै फेरी आज फूल्यो जवानी ।

बाँच्नुपर्छ जीवन सबले बनी लाँकुरी
बाँच्नु हुन्न जीवन कहिल्यै बनी माकुरी ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
राखून् सद्भाव पाका परिजनबिचमा

राखून् सद्भाव पाका परिजनबिचमा

विद्या अनामिका तिवारी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x