साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बजेट

राम झैं जनता हाम्रा नेता छन् तुच्छ रावण हजार काम बन्दैन लाखौंको हुन्छ भाषण अख्तियार गयो खोजि गर्न भन्दै बजेटको लुकेछ घरमा पैसा ताल्चा लाएर गेटको ।

Nepal Telecom ad

सुन्न पाइन्छ देखिन्नन् अनुहार बजेटको
गरेर सूचना मात्रै के अर्थ हुन्छ भोजको ?
सरकार भयो भान्से जनता भोजमा गए
खाना पुगेन रे फर्के बास्ना लिएर नाकले ।

के भो बजेटको कुरा जनता सोध्न आउँछ
सरकार छ निन्द्रामा ब्युझदैन निदाउँछ
पैसाको भोजमा भान्से अघाउँदैन हत्पत
आफू अघाउँछन् भान्से र बाढ्छन् बल्ल राहत ।

जनता खेल खेल्थे र राज्य खेल खेलाउथ्यो
माछो माछो भन्यो आखिर पर्यो जाल भ्यागुतो
जनता नुनका सोझा छौं हामी ठग्छ राज्यले
बिकास गर्न सक्दैन यात्रा गर्छ बजेटले ।

राम झैं जनता हाम्रा नेता छन् तुच्छ रावण
हजार काम बन्दैन लाखौंको हुन्छ भाषण
अख्तियार गयो खोजि गर्न भन्दै बजेटको
लुकेछ घरमा पैसा ताल्चा लाएर गेटको ।

०००
भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जमाना

जमाना

सुनिता सापकोटा
हिजोभन्दा देश कति फरक

हिजोभन्दा देश कति फरक

सुनिता सापकोटा
बहुमतको जीत हुँदैन 

बहुमतको जीत हुँदैन 

सुनिता सापकोटा
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x