साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपस्वी ढाडे

अनि धोखेबाज बिरालोको कालो करतुतको पर्दाफास भएसँगै आफ्ना बन्धु गुमाउनुको पीडा, आत्माग्लानी, हिनता बोध, कुकर्मी ढाडेको विश्वासघातको पीडाले झन् पश्चाताप हुन्छ, उनीहरुलाई ।

Nepal Telecom ad

ई. कुमार खड्का :

असत्ती ढाडे ! मरि जा…!!
धोखा पाएका मुसाहरु एकै स्वरले कराउँछन् ।
“हेर्दा तपस्वी ओढ्छस् धुस्सा
खान्छस् कन्दमुल हग्छस् मुसा…!
विश्वास गरिदा धोकामा परियो
नर्कमै वास होस् तेरो सात पुस्ता…!!”
०००
कुनै देशमा एउटा ढाडे बिरालो हुन्छ । बिस्तारै बुढेसकाल हुँदै जाँदा सिकार गरेर खान नसक्ने अवस्था हुन्छ । भोकले सताइरहदा उसको मनमा एक्कासी एउटा उपाय फुर्छ । ऊ गेरु वस्त्र लगाएर तपस्विको भेषमा तपस्या मग्न भएको नखरा पार्दै मुसा हिँड्ने मार्गको छेउमै बस्छ । त्यो देखेर मुसाहरु छक्क पर्दै आपसमा मुखामुख गर्दै अलि टाढाबाट ढाडेलाई प्रश्न गर्छन्, के गरेको बिरालो दाइ यस्तो ?

बिरालोले सुस्तरी युवास्थामा उनीहरु जस्ता मुसा मारेर धेरै अपराध गरेकोले अब वृद्धावस्थामा पाप कटनी गर्न तपस्या गरेको कुरा गर्छ ।

बरु उसलाई पनि भोक लागेको र आइन्दा उनीहरुसँगै खानेकुरा खोज्न खेतमा जाने र अरु बिरालोको आक्रमण विरूद्ध उनीहरुको पनि सुरक्षा गर्ने विश्वास दिलाउन खोज्छ ।

सुरुमा कसैले पत्याएनन् र हैन होला भने । नित्य उस्को कर्म, व्यवहार देखेर मुसाहरुलाई पनि दया लाग्यो र उनीहरुसँगै खाना खोजिमा लैजाने, तर धोखा नदिने कसम खुवाउँछन् ।

ढाडेले कसम खाँदै धोखा हुँदैन भनेर मुसाहरुको रक्षकको रुपमा काम गर्ने वाचा गर्दै उनीहरुको लाइनको अन्तिममा गस्ति गरेझैँ गरेर हिँड्ने अनुमति पाउँछ । अनि नित्य खानाखोजिको कर्म सुरु गर्छ । अलिदिन सँगसँगै हिँड्छ । साकाहारी खाना खोजेरै खाएको र सुरक्षा प्रत्याभूति समेत महसुस भएकोले मुसाहरुलाई पनि विश्वास जाग्न थाल्छ ।

विश्वास जित्दै गएपछि जब मुसाहरु लामबद्द भएर निर्धक्करुपमा हिँड्न सुरु गर्छन्, बेलुकी गुँडमा फर्कने बेला ढाडेले अन्तिमको मुसोलाई च्याप्प पारेर आहारा बनाउन सुरु गर्छ । केही दिनसम्म थाहा भएन छ । विस्तारै आफ्नो लाईन घट्दै गएको देखेर मुसाहरुको मनमा शङ्का उत्पन्न हुनथाल्छ । उनीहरुको मिटिङ बस्छ, संख्या गन्ती हुन थाल्छ । हरेक दिन आफ्ना बन्धुहरुको संख्या घट्दै गएको थाहा भए पश्चात उनीहरुले बिरालोको चियो गर्न सुरु गर्छन् । ढाडेले आची गरेर पुरेको ठाउँको खानतलासी गर्छन् । त्यहाँ आफ्ना बन्धुको हाड, छाला, पुछरका अवशेष दसि प्रमाणको रुपमा फेला पार्छन् । अनि धोखेबाज बिरालोको कालो करतुतको पर्दाफास भएसँगै आफ्ना बन्धु गुमाउनुको पीडा, आत्माग्लानी, हिनता बोध, कुकर्मी ढाडेको विश्वासघातको पीडाले झन् पश्चाताप हुन्छ, उनीहरुलाई ।

आइन्दा ढाडे चरित्रको भण्डाफोर गर्दै कहिल्यै विश्वास नगर्ने प्रण गर्दै ज्यान जोगाउन आ आफ्नो दुलोमा पस्दछन् । दुलोबाट एकै स्वरमा कराउँछन्…
असत्ती ढाडे ! मरि जा…!!
“हेर्दा तपस्वी ओढ्छस् धुस्सा
खान्छस् कन्दमुल हग्छस् मुसा…!
विश्वास गरिदा धोकामा परियो
नर्कमै वास होस् तेरो सात पुस्ता…!!”

ढाडेले सुस्तरी उत्तर दिन्छ..
मूर्ख मुसा हो !
” विश्वास गर्यौ त म के गरौं ?
वाध्यता हो नि मेरो, कि म आफैं मरौं ?
जात शिकारी, शिकार तिमीहरुनै हौ
अझै विश्वास गर्दैछाै त स्वकर्म नगरौं..?”

अन्तमा…
धोकामा कसैले, कहिल्यै पर्न नपरोस् !
सिदासादा मुसाहरुको बुद्धि फिरोस् !!
अस्तु…!!!

०००
आलापोट, काठमाडाैं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x