साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महङ्गो भो सपना

कुकुर नाम मान्छेको जस्तो राखेका नाम र दाम कमाउन सहर पसेको त धन्नै कुकुरको नामसँग आफ्नो नाम मिलेन अलि महङ्गो सपना देखिएछ क्यारे।

Nepal Telecom ad

बालकृष्ण खनाल :

दुर्गम गाउँ एकान्तमा
सानो ढुङ्गा र माटोले
बनेको झुपडी घर
सुनसान वातावरण
पसुपाखरको संगत
आटो पिठोको आहरा
जलुको निउरो र
खोली सागको तिउन
नुन खुर्सानी लसुन र
टिमुरको मसला
मोही दहि दूधको सितन
लोकल मौरीको मह
खाएर हुर्किएको ज्यान

सहरको रमझम
ठूलो आलिसान घरको बसाइ
पिजा बरगर थुप्पा चाउचाउ र
चिनी चिया लड्डु पेडा
बासमती र जिरा मसिना
चामलको भात
ब्वाइलर कुखुराको मासु
लोकल कुखुराको सुप
दुई औलाको बिचमा
लक्जरी किङ्ग चुरोट
टेबुलमाथि ब्लाक लेबुल र
रेड लेबुल बोतल
ठुला काँचका गिलासमा
तुरुक्क तुर्क्याउँदै
घुटुक्क घुट्क्याउँदै
स्वाट्ट चुरोटको सर्को तान्दै
गोलो धुवाको सर्कल बनाउँदै
ठाडो घाँटी बनाएर
फुर्र फुक्ने रहरले
स्वर्ग जस्तो जन्म थात छोडेर
नर्क जस्तो सहरमा पसियो
केही वर्ष पनि नबित्दै
दिक्क परियो
अलि महङ्गो सपना देखिएछ क्यारे।

जिरे, भैरे, खुर्साने, तमासे, हाँसे, रुन्छे र काली, जुठी, खिन्तुरी,
जुनेलीहरूसँग खेतला गोठाला गर्दा

अरिम परिम गर्न बानी परेको मान्छे
गाई भैंसी भेडा बाख्रा हरूको
नाम राख्न खपिस म
सहरका मान्छे र पसुका नाम सुनेर
म यति हैरान भएँ कि
कुरा गरिशाद्धै छैन
मान्छेका नाम पनि सहरमा त
प्रत्येकका दुइटा तिनवटा
कसैकसैका त ४/५ वटा हुँदारहेछ्न्
उसको साम्ने भन्ने नाम
कृष्ण प्रसाद, दयाराम, मायारा,
अम्मर सिंह, प्रताप सिंह, यस्तै
तर उनीहरू पिठ पछाडि भन्ने नाम
बेग्लै हुँदारहेछन्
तस्कर, भ्रष्ट, गुन्डा, डन, माफिया,
बिचौलिया, कर्मचारी, व्यापारी,
आदि आदि
पसुपार त सहरका मान्छे
खासै पाल्दा रहेनछन्
कुकुर भने प्रायले पाल्दा रहेछन्
नाम भने मान्छेको राखेर
हुन त प्राय मान्छेको व्याभार
कुकुरको जस्तो भएर होला
कुकुर नाम मान्छेको जस्तो राखेका
नाम र दाम कमाउन सहर पसेको त
धन्नै कुकुरको नामसँग आफ्नो
नाम मिलेन
अलि महङ्गो सपना देखिएछ क्यारे।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x