
मतियार बनेको छु
मेरा कर्तुतहरु कात्रोले छोपिदिने उहि छ त्यसैले उसका अगाडि लाटो डुँडो बनेको छु ।

पदम भण्डारी :
उसले पस्केको कुँडो भनेको छु
कतिपटक चाट्दै छु उसको घुँडो गनेको छु ।१।
बरु ढुङ्गो बोल्ला उ बोल्दैन भन्छन मलाई
हो बोल्दिन किनकि म ढुङ्गो मुढो जनेको छु ।२।
बलात्कार गर्ने टोली मध्येकै हुँ म पनि
टोलीको मतियार बनेको छु, फुँडो बनेको छु ।३।
थाहा छ मलाई म कसैको गोटी बनेको छु
आँफैलाई पुर्ने खाल्डो अलि पुँडो खनेको छु ।४।
मेरा कर्तुतहरु कात्रोले छोपिदिने उहि छ
त्यसैले उसका अगाडि लाटो डुँडो बनेको छु ।५।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest